अमेरिकी सैन्य शिवीरनजिकै आठ को हत्याअफगान सुरक्षा गार्ड

६ असार, काठमाडौं । अफगानिस्तानको पूर्वी प्रान्त पार्वानमा अवस्थित प्रमुख अमेरिकी सैन्य शिवीरनजिकै एम्बुसमा पारेर आठ स्थानीय अफगान सुरक्षा गार्डको हत्या गरिएको समाचार छ । एक स्थानीय अधिकारीले सोमबार रातिको समय पारेर उनीहरु चढेको सवारीलाई एम्बुसमा पारिएको मङ्गलबार बिहान जानकारी दिएका छन् । रातिको सेवामा कार्यरत १० जना सुरक्षा गार्ड एक सवारी साधनबाट ब्यागरम हवाई शिवीरको भ्रमणमा गएका र उनीहरु माथि स्थानीय समयाअनुसार सोमबार राति १० बजे आक्रमण भएको बताइएको छ । थप पढ्नुहोस्

यमनमा भएको हवाई आक्रमणमा चौबिस जनाको मृत्यु

४ असार, काठमाडौं । उत्तरी यमनको एक बजारमा आइतबार हवाई आक्रमण हुँदा कम्तीमा २४ जना सर्वसाधारणको मृत्यु भएको यमनी स्वास्थ्य अधिकारी एवम् प्रत्यक्षदर्शीले बताएका छन् । यमनी विद्रोहीविरुद्ध साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा उनीहरुको मृत्यु भएको यमनी सुरक्षाकर्मीले नाम गोप्य राख्ने सर्तमा बताए । प्रायजसो मृतक साउदी अरबको सिमानामा रहेको सादा प्रान्तको मासनाक बजारमा काम गरिरहेका यमनी नागरिक रहेको बताइएको छ । सादा प्रान्त यमनी विद्रोहीको प्रभाव क्षेत्र हो । थप पढ्नुहोस्

भाजपाद्धारा राष्ट्रपतिको चयनका लागि समिति गठन

२९ जेठ, नयाँदिल्ली । भारतीय जनता पार्टीद्धारा नयाँ राष्ट्रपति चयनका लागि प्रमुख पार्टीहरुको साझा धारणा बनाउनका लागि तीन सदस्यीय एउटा समिति बनाएको छ । समितिले विपक्षी पार्टीलाई समेत सहमतिमा ल्याउने प्रयास गर्ने सो पार्टीका नेताहरुले जानकारी दिएका छन् । समितिमा नेताहरु अरुण जेट्ली, राजनाथ सिंह र वेनकिआह नायडु रहेका छन् । वर्तमान राष्ट्रपति प्रणव मुखर्जीपछिको राष्ट्रपतिका लागि विपक्षी र सत्तारुढ गठबन्धनको तर्फबाट समितिले उम्मेदबार छान्नेछ । थप पढ्नुहोस्

दार्जिलिङबाट पर्यटक भागे

२९ जेठ, काठमाडौं । दार्जिलिङमा जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण त्यहाँ पुगेका विदेशी एवम् भारतीय पर्यटक दार्जिलिङ छोड्न र भाग्न थालेको समाचार अन्तराष्ट्रिय समाचार माध्याममा आएका छन् । दार्जिलिङ घुम्न पुगेका पर्यटक सोही कारणले भाग्न लागेको समाचार केही दिनयतादेखि नै आएको थियो । हाल दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन जारी रहेको छ । केही दिनयता जारी सो आन्दोलन नरोकिएकोले दार्जिलिङका रिसोर्टमा थप केही दिनका लागि बुकिङ् गरेर बसेका पर्यटकले पनि भ्रमण अवधि छोट्याउने र जतिसक्दो चाँडो दार्जिलिङ छोड्न लागेको समाचारमा जनाइएको छ । थप पढ्नुहोस्

बेलायतमा बहुमत गुमाउदै सत्तारुढ दल, प्रधानमन्त्रीमाथि राजिनामाको दबाब

२६ जेठ, काठमाडौं । बेलायतमा बिहीबार सम्पन्न आमनिर्वाचनको परिणाम सार्वजनिक हुने क्रम लगभग अन्तिमतिर पुग्दा सत्तारुढ दल कन्जरभेटिभ पार्टीले बहुमत गुमाउने सम्भावना बढ्दै गएको छ । जसका कारण त्यहाँको राजनीतिक अस्थिरता थप बढ्नसक्ने अन्तराष्ट्रिय समाचार माध्यामले जनाएका छन् । यी परिणामहरु सार्वजनिक भएसँगै सत्तारुढ दलको यो अवस्था हुनुमा प्रधानमन्त्री थेरेसा मेको चर्को आलोचना पनि सुरु भएको छ । निर्वाचनको परिणाम शुक्रबार बिहानसम्म अधिकांश रुपमा आइसकेको छ । थप पढ्नुहोस्

अरब मुलुकका लागि दिगो अर्थतन्त्र

महमद मोहिल्दिन २४ जेठ,वाशिङ्टन डिसी । हालैका दशकमा, अरब राष्ट्रका लाखौँ जनता चरम गरीबीबाट माथि उठाइएका छन् । तर अर्थतन्त्रको गिरावट र डरलाग्दो वेथितिका कारण प्रगति अहिले ढिलो हुने वा उल्टिने खतरा पनि रहेको छ । यस्तो परिणामलाई रोक्न अरब राष्ट्र थप दिगो अर्थतन्त्र विकासका लागि सुधारिएका सरकारी सेवाका अलावा नीजिक्षेत्रका सिर्जनात्मक गतिविधिमा उत्साहसाथ सहकार्य गर्दै क्षेत्रीय तथा अन्तरराष्ट्रिय सार्वजनिक महत्वका वस्तुको निर्माणमा द्रूतगतिमा अघि बढ्नुपर्छ । थप पढ्नुहोस्

कुवेती अमिर छ अरब राष्ट्र र कतारबीचको समस्यालाई लिई साउदी अरब प्रस्थान

२३ जेठ,कुवेत । कुवेतका अमिर शेख सवाह अल अहमद अल सवाहसँग कतार छ अरब राष्ट्रले कूटनीतिक सम्बन्ध सङ्कट समाधानका लागि मध्यस्थता गर्न साउदी अरब प्रस्थान गरेका छन् । कुवेती अमिर साउदी अरब, इजिप्ट, बहराइनलगायतका छ खाडी मुलुकले कतारले आतङ्कवादलाई सघाएको आरोपमा कतारसँगको कूटनीतिक सम्बन्ध विच्छेद गरेपछि सोमबारदेखि देखिएको सङ्कट समाधानमा पहल गर्न त्यसतर्फ गएको कतारी सांसदहरुले जनाएका छन् । “अमिर आजै साउदी अरबका लागि छुट्नुभएको छ” कतारका ख्यातीप्राप्त सांसद अलि अल देकवासीले कतारको संसदीय बैठकमा बताए । थप पढ्नुहोस्

सिङ्गापुरमा राष्ट्रपतिका लागि उम्मेदबारी खुल्ला

जेठ १७, काठमाडौं । सिङ्गापुरमा नयाँ राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदबारी दिन चाहनेका लागि बिहीबारदेखि उम्मेदबारी दर्ता खुल्ला गरिने भएको छ । उम्मेदबारहरुले उम्मेदबारी दर्ता गराउने दिनभन्दा अगाडि नै आफ्नो योग्यताबारे जानकारी दिनुपर्ने व्यवस्था गरिएको निर्वाचन विभागले जनाएको छ । वर्तमान राष्ट्रपति टोनी टान केङ यामको कार्यकाल यही अगस्ट ३१ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुन लागेको हो । थप पढ्नुहोस्
1 8 9 10