अरबौं सम्पत्ति भएको सैनिक कल्याणकारी कोष, जग्गा र उर्जामा लगानी विस्तार गर्दै

२२ साउन, काठमाडौं । नेपाली सेनाको कल्याणकारी कोषको सम्पत्ति रु ३९ अर्ब ५५ करोड पाँच लाख ७९ हजार पुगेको छ । सैनिक मुख्यालय जंगी अड्डामा आज आयोजित पत्रकार सम्मेलनमा कोषको यथार्थ सम्पत्तिमध्ये रु चार अर्ब ९८ करोड ४४ रकम लगानीमा रहेको जानकारी दिइयो । वि.सं २०३२ मा रु एक करोड २४ लाख जोहो गरेर सैनिक कल्याणकारी कोष स्थापना गरिएको थियो । अहिले कोषको मुख्य आयस्रोतका रुपमा शान्तिसेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त हुने ब्याज र नेपाली सेना स्वास्थ्य विज्ञान तथा विभिन्न विद्यालयको शिक्षण शुल्क भएको बताइएको छ । थप पढ्नुहोस्

सिलवालको मुद्दा फेरि हेर्दाहेर्दैमा, साउन २६ मा सुनुवाइ

१९ साउन, काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिको बिषयमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको रिटमाथिको सुनुवाइ आज नसकिएपछि सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको छ । प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि अर्को सुनुवाइ यही साउन २६ गतेका लागि तोकिएको छ । थप पढ्नुहोस्

योजना आयोगको उपाध्यक्षमा डा. वाग्ले नियुक्त, प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जना बढुवा

१९ साउन, काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा. स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा वाग्ले यसअघि दुई पटक आयोगको सदस्य भएका थिए । बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दिएको जानकारीअनुसार नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जना बढुवा भएका छन् । थप पढ्नुहोस्

आईजी साप ! यिनलाई व्याँठे पालेको हो ?

१६ साउन,काठमाडौं । नेपाल प्रहरीमा यतिबेला घुमुवा आतंक छ । अर्थात बर्षौदेखि तराईका जिल्लाहरुमा हाकिमको घुमुवा भई आफु र हाकिमको सेवामा मस्ती मारिरहेका प्रहरीहरुको यतिबेला रुवाबासी चलेको छ तर सशस्त्र प्रहरीको हकमा भने जताततै मस्ती नै मस्ती चलिरहेको छ । हालैमात्र सशस्त्र प्रहरीले ठूलो मात्रामा प्रहरी जवानदेखि हबल्दारसम्मको सरुवा गरेको छ । सो सरुवापछि सशस्त्रले सबै प्रहरीलाई आआफ्नो दरबन्दीमा तुरुन्त रवाना दिएर पठाउन परिपत्र पनि गरेको थियो । थप पढ्नुहोस्

यसरी छिर्दैछन् नेपाल प्रहरीमा शक्तिराष्ट्रहरु

१६ साउन, काठमाडौं । उपत्यका र आसपासका ६ जिल्लामा कार्यरत प्रहरीसँग अन्यत्रका प्रहरीसँग भन्दा फरक खाले सञ्चार सेट छन् । उपत्यकाभित्रका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) सँगै सिन्धुपाल्चोक, काभ्रे र कास्कीका प्रहरीले तुलनात्मक रूपमा आधुनिक सञ्चार सेट प्रयोग गरिरहेका छन् । ६ जिल्लाका प्रहरीले प्रयोग गर्ने ती सञ्चार सेटलाई आधुनिक किन भनिएको हो भने ती सेटमा डिजिटल प्रविधियुक्त विशेषता छन्, जसमा टेलिफोन गर्नदेखि भिडियो खिचेर लाइभ प्रसारण गर्न सकिनेसम्मका सुविधा छन् । प्रहरीभित्र यो प्रविधिको नाम ‘डिजिटल रेडियो ट्रङ्किङ सिस्टम’ राखिएको छ । थप पढ्नुहोस्

प्रहरी बढुवा विवाद : बढुवा समितिकै सिफारिस सदर

१६ साउन, काठमाडौं । नेपाल प्रहरीको बढुवामा परेको उजुरी सुन्ने समितिले बढुवा समितिकै सिफारिस सदर गरेको छ । आइतबार सांझ बसेको उजुरी सुन्ने समितिको बैठकले उजुरीकर्ताको दाबी नपुगेको निष्कर्ष निकालेको हो । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) नायब महानिरीक्षक (डिआइजी) तथा वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस उपर १ र १ जनाले उजुरी गरेका थिए । एआइजी बढुवा सिफारिसउपर डिआइजी मधु पुडासैनी, डिआइजी बढुवा सिफारिसउपर एसएसपी सुभाष चौधरी तथा एसएसपी बढुवा सिफारिसउपर एसपी विभूतिराज पाण्डेले उजुरी गरेका थिए । थप पढ्नुहोस्

फेवातालमा जीप खस्यो, एक जनाको मृत्यु

१५ साउन, पोखरा। कास्कीको पामेबाट पोखरा जाँदै गरेको एउटा जीप आज बिहान फेवातालमा खस्दा एक जनाको मृत्यु भएको छ । ग १ य ८७९ नम्बरको पर्यटक बोक्ने जीप पोखरा–लेखनाथ महानगरपालिका–२६ सेतीबगरबाट फेवातालमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा भोजपुरका रामप्रसाद राईको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

विवादको घेरामा आईजीपी अर्याल, पदीय मर्यादा कायम गर्न सकेन

१४ साउन, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा परेपछि दंग नायब महानिरीक्षक (डीआईजी) मिङ्मार लामा केही दिनमै निराश बन्न पुगे । बढुवा सिफारिसमा परेको केही दिनमै उनलाई गृहमन्त्री जनार्दन शर्माले प्रहरी मुख्यालय काजमा ताने । गृह मन्त्रालयले लामालाई काजमा तान्न अनि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाललाई ट्राफिक प्रहरी महाशाखा पठाउन मुख्यालयमा पत्र पठाएको स्रोतले जनाएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले अडान लिन नसक्दा विनाआरोप लामालाई काजमा तानिएको चर्चा मुख्यालयमा छ । थप पढ्नुहोस्

काठमाडौँबाट तराईतर्फ सुन तस्करीको लाईन !

एक किलो अवैध सुनसहित दुइ जना पक्राउ १३ साउन,रौतहट । रौतहट प्रहरीले एक किलो अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । वीरेन्द्र राजमार्गअन्तर्गत बम नहरबाट आज करिब रु ४६ लाख ४० हजार मूल्य बराबरको सुनसहित दुई जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा गौर नगरपालिका–५ का २४ वर्षीय दिनानाथ गुप्ता र वडा नं ७ का २१ सरोज राय यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए । थप पढ्नुहोस्

त्रिशूलीमा खस्दा ट्रकसहित चालक बेपत्ता

१२ साउन, धादिङ,। पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट बिहीबार बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरीक्षक कृष्ण सापकोटाका अनुसार बा ४ ख ५१४६ नम्बरको ट्रक त्रिशूली नदीमा खसेर हराइरहेको छ । बिहानी पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेको हो । ट्रक चालक काले दमाई रहेको र दुर्घटनास्थल नजिकै पसलमा खाजा खाएर गाडी चलाएको पाँच मिनेटमै गाडी त्रिशूलीमा खसेको स्थानीय पुरुषोत्तम रिमालले जानकारी दिए । ट्रकमा कति मानिस थिए भन्ने खुल्न सकेको छैन । थप पढ्नुहोस्
1 2 3 4 5 8