औषधिउपचार, किनमेलको बहानामा नेपाली युवती भारत पुर्‍याइँदैं, २४ युवतीको उद्धार

१० साउन, बर्दिया। भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ ।वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो । ‘बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ,’ बर्दियाका प्रमुख जिल्ला अधिकारी, विष्णुबहादुर थापाले भने, ‘भारतसँगको खुला सीमानाका कारण दलालहरुले सुरक्षाकर्मी नभएका स्थानलाई चेलीबेटी ओसारपसार गर्ने मार्गका रुपमा प्रयोग गर्ने गरेका हुन् । थप पढ्नुहोस्

घुमुवा प्रहरीको आतंक, नुनदेखि सुनसम्मको तस्करीमा सशस्त्र र नेपाल प्रहरीको साथ

९ साउन, सप्तरी । एक समय थियो, सप्तरीमा सशस्त्र जनतान्त्रिक समुह र माओवादी सशस्त्र द्धन्द्धका बेला स्थानीय व्यवसायीहरु त्राहीमाम् थिए । त्यो परिवेश अहिले परिर्वतन भएपनि यहाँका व्यवसायीलाई कहिले मधेशी आन्दोलनले त कहिले सरकारी श्वेत आतंकले सताउन छाडेको छैन् । कुनैपनि व्यवसाय संचालनका लागि स्थायी शाीन्त र उचित लगानी मैत्री वातावरणको खांचो हुन्छ । त्यसो भएमात्र व्यवसाय निर्धक्कसंग अघि बढ्छ । तर व्यापारको लागि उचित वातावरण नहँुदा गरिखाने लगानीकर्ता अथवा सच्चा व्यापारी विस्थापित हुनुपर्ने अवस्था पनि छ भने तस्करहरुको मालामाल हुन थालेको छ । थप पढ्नुहोस्

एकै परिवारका चार जनाको रहस्यमय मृत्यु, अनुसन्धानका लागि सिआइवी बनेपामा

८ साउन, काभ्रे । बनेपा बसपार्कमा होटल व्यवसाय सञ्चालन गर्दै आएका एकै परिवारका चार जनाको मृत्युको घटना रहस्यमय बन्दै गएको छ । प्रहरीले सो घटनाबारे सूक्ष्म ढंगले अनुसन्धान सुरु गरे पनि हत्या वा आत्महत्याबारे कुनै भेउ पाउन नसके पछि केन्द्रिय अनुसन्धान व्युरो सिआइवीको टोली बनेपा पुगेको छ । शिक्षण अस्पताल महाराजगञ्जका डाक्टर सहित ब्यूरोका डिएसपी अरुण पौडेलको नेतृत्वमा ७ जनाको टोलीले अनुसन्धान थालेको छ । शुक्रबार राति ९ बजे एकै परिवारका चार जनाको शव होटल गौतमभित्र फेला परेको थियो । थप पढ्नुहोस्

अठार वर्षपछि हत्यारा पक्राउ

८ साउन, उदयपुर। आफूलाई अपराधबाट लुकाउन लामो समयसम्म फरार भई कहिले अन्यत्र र कहिले गाउँतिर नै लुकी बसेका निरबहादुर मगर १८ वर्षपछि प्रहरीको फन्दामा परेका छन् । उदयपुरको रौतामाई गाउँपालिका–७ स्थायी घरभएर ज्यान मार्ने उद्योगमा फरार रहँदै आएका ५७ वर्षीय मगरलाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार पक्राउ गरेको हो । प्रहरीका अनुसार १८ वर्ष अघि रौता मुर्कुची बजारमा व्यापार गर्दै आएका श्रीप्रसाद राईलाई निरबहादुरलगायतको समूहले खुकुरी तथा छुरी प्रहार गरेर सख्त घाइते बनाएपछि उनी फरार रहँदै आएका थिए । थप पढ्नुहोस्

बलात्कार गरी हत्या गरेको आरोपमा महिला सहित तीन पक्राउ

५ साउन, गौसाला । महोत्तरी जिल्लाको भंगहा गाउँपालिका–९ पोखरी टोलमा एक महिलालाई सामूहिक बलात्कार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लोहारपट्टी गाउँपालिका–१ बस्ने प्रगास यादवका छोरा ४६ वर्षीय वरुणकुमार यादव, हनिफ कवारीका छोरा २८ वर्षीय जिवरुल राइन कवारी र भंगहा गाउँपालिका–९ बस्ने ललित दासकी पत्नी ३७ वर्षीया अमृतादेवी दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुभएको छ । थप पढ्नुहोस्

छोरीहरु र ज्वाई मिलेर हत्या, चार पक्राउ

५ साउन, चितवन। पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–२ स्थित पदमपुरका ५० वर्षीय भुमिनन्द दुलालको बुधबार यसरी हत्या भएको हो । घटनाको प्रारम्भिक अनुसन्धानमा उनका छोरीहरु अञ्जना दुलाल, बेलकुमारी दुलाल, अप्सरा दुलाल र ज्वाई टेकबहादुर बुढासहितका व्यक्तिको संलग्नता देखिएको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको थापाको भनाइ छ । उनको आफ्नै घरभित्र धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । थप पढ्नुहोस्

शिक्षकको मृत्यु रहस्यमय, अनुसन्धानका लागि सिआइवी जाने

४ साउन पर्वत । झण्डै एक महिना बेपत्ता रहेपछि मृत भेटिएका कुश्मा–१ पाङका शिक्षक नारायण पौडेलको मृत्युको विषय रहस्यमय बन्दै गएको छ । पौडेलको मृत्युको वास्तविक कारण खुल्न सकेको छैन । गएको जेठ २५ गतेदेखि बेपत्ता २० वर्षीय पौडेलको शव असार ७ गते बागलुङको जैमिनी नगरपालिका बेलबगरस्थित कालीगण्डकी किनारमा भेटिएको थियो । बेवारिसे अवस्थामा भेटिएको शव शिक्षक पौडेलको भएको पुष्टि डिएनए परीक्षण र शव परीक्षण रिपोर्टबाट भएको थियो । थप पढ्नुहोस्

सुडान काण्डका दोषी राणा जेल चलान

१४ असार, काठमाडौं । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका सुडान घोटालामा आरोपित नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक रविप्रताव राणा जेल चलान भएका छन् । सुडान घोटालाका आरोपित काठमाडौँ महानगरपालिका–४ कपन मार्ग लोसाल बस्ने राणा आज सर्वोच्च अदालतमा गएर आत्मसमर्पण गरी जेल चलान भएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । राणालाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ । राणाले सजाय छुटका लागि सर्वोच्च अदालत पुगी आत्मसमर्पण गरेका हुन । थप पढ्नुहोस्

भूकम्पपीडितको रकममा समेत घुस !

२९ जेठ, काठमाडौं । भूकम्पपीडितको राहत रकममा समेत सरकारी कर्मचारीले घुस रकम माग्ने गरेको तथ्य फेला परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो पटक मुलुकभर नै सञ्चालन गरेको ‘रङ्गेहात पक्राउ’ अभियानअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको एक गाउँपालिकामा भूकम्पपीडितको राहत रकम प्रदान गर्दासमेत घुस मागेको पाइएको जनाएको हो । थप पढ्नुहोस्

युवतीमाथि सामूहिक बलात्कार

२९ जेठ,गौशाला । महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ फुलबरियामा गएराति एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार गएराति ८ः३० बजेतिर औरही बजारबाट फुलबरिया गइरहेकी २१ वर्षीया एक युवतीलाई औरही बजारभन्दा ९०० मिटर टाढा बाटा छेउ चार युवाले सामूहिक बलात्कार गरेका हुन् । प्रहरी नायब उपरीक्षक पोखरेलले बलात्कारी चारमध्ये एकजनालाई गएराति नै पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको र भने पीडित युवतीलाई पनि उद्धार गरेर स्वास्थ्य जाँच गराई प्रहरीकै निगरानीमा राखिएको बताउनुभयो । थप पढ्नुहोस्
1 2 3