सैनिक सम्मेलन सम्पन्न

१७ जेठ, काठमाडौं । यही जेठ १४ गतेदेखि बुटवलस्थित रामनगर व्यारेकमा सुरु भएको भूतपूर्व सैनिक सम्मेलन (पश्चिमाञ्चल–बुटवल)–२०७४ को समापन गरिएको छ । नेपाली सेनाको व्यवस्थापन तथा नेपाली सेना कल्याणकारी बोर्डको संयोजकत्वमा सञ्चालन भएको सम्मेलनमा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका छवटा जिल्ला (पाल्पा, नवलपरासी, अर्घाखाँची, गुल्मी, रुपन्देही र कपिलवस्तु) का करिब दुई हजार पाँचसय जना भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको उपस्थिति रहेको थियो । थप पढ्नुहोस्

प्रधानसेनापति स्वदेश फिर्ता

१२ जेठ, काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेनाका बलाधिकृत रथी बलदेवराज महतले स्वागत गर्नाका साथै सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियोे । भ्रमणका क्रममा प्रधानसेनापति क्षत्रीले अमेरिकाको होनोलुलु हवाईमा सञ्चालित कार्यक्रममा एसिया प्रशान्त क्षेत्रसम्बन्धी ‘एसेसमेन्ट अफ थियटर’ विषयमा सम्बोधन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । थप पढ्नुहोस्
1 2 3