चिसोबाट दुई जनाको मृत्यु

२३ पुस, काठमाडौं । विगत चार÷पाँच दिनदेखि देशभरिनै चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक धुव्रकुमार श्रेष्ठले बताए । ठाकुरको गाईगोठमा बसिरहेको अवस्थामा जाडोको कारण मृत्यु भएको हो भने चौधरीको आफ्नै घरमा सुतिरहेको स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । सप्तरीमा चिसोका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ । थप पढ्नुहोस्

विश्वका ७० मुलुकमा नेपाली खाना र संस्कृतिलाई लगिने

२१ पुस, काठमाडौं । स्नेहा ट्राभल मिडियाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालभित्र प्रचलित खाना र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लैजाने भएको छ । मिडियाले सन् २०१८ को सुरुआतसँगै नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघसँग मिलेर स्वदेश तथा विश्वका ७० मुलुकमा कार्यक्रम लैजान लागेको हो । कार्यक्रमका संयोजक सुरेशचन्द्र बस्नेतले नेपालको हिमालदेखि तराई र पूर्वदेखि पश्चिमसम्म रहेका संस्कृति र नेपालको खानालाई विश्वसम्म पु¥याउन उक्त अभियान सञ्चालन गरिएको जानकारी दिए । थप पढ्नुहोस्

पुस १९ : वर्षकै चिसो दिन

१९ पुस, काडमाडौं । आजको दिन यो वर्षकै सबैभन्दा चिसो दिन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उपत्यकाको तापक्रम आज २.२ डिग्री सेल्सियसमा झरेको विभागका मौसमविद् वरुण पौडेलले बताए । यसअघि पुस १ गते उपत्यकाको तापक्रम २.८ डिग्री सेल्सियस थियो । जिरी, जोमसोम र जुम्लाको तापक्रम आज माइनसमा झरेको छ । जुम्लामा माइनस ६.४, जोमसोममा माइनस २.२ र जिरीमा माइनस २ डिग्री सेल्सियस तापक्रम पुगेको उनले बताए । तराईका सबैजसो भागमा हुस्सु लागेको छ । तराईमा अधिकतम तापक्रम घटेको छ भने हिमाल र पहाडमा न्यूनतम् तापक्रम घटेको छ । एक दुईदिन मौसम यस्तै रहने विभागले जनाएको छ । थप पढ्नुहोस्

तराइका जिल्लामा जाडो बढ्यो, जनजीवन प्रभावित

११ पुस, काठमाडौं । महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर र चिसो हावाका कारण जाडो बढेर जनजीवन प्रभावित भएको छ । विगत ११÷१२ दिनदेखि निरन्तररुपमा शीतलहर र चिसो हावा चलेर कठ्याग्रिंदो जाडो भएको छ भने हुस्सु र बाक्लो कुहिरोका कारण सम्पूर्ण तराईका जिल्लाको वातावरण बिग्रेर मानिस, चौपाया पशुपक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले महोत्तरीको जिल्ला सदरमुकाम जलेश्वरसहित जिल्लाको शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोका कारण यातयातका साधन चल्न छोडेका छन् । थप पढ्नुहोस्

कांग्रेस पराजय पछिको भूमिका के हुने ?

मनोज कुमार कर्ण नेपाली कांग्रेसले ईतिहासमा पञ्चायतको कालो छायांमा भन्दा कहिल्यै यस्तो पराजय कोहीपनि सभापतिको कार्यकालमा नभोगेको ईतिहास छ जबकि वर्तमान सभापति नै सबै कुराको जिम्मेवार छैनन् । एकातिर अधिकार खोज्ने समूह मधेशी, आदिवासी, जनजाती, महिलाहरूले कांग्रेससमेतबाट उपेक्षित भएको महशुस गरेका छन् भने कांग्रेसको सहमतिविना कुनैपनि समूहको माग सम्बोधनपनि भएको छैन । थप पढ्नुहोस्

घर फर्किने दिन कुर्दै लाखौँ रोहिङ्ग्या

मोहिनी मिश्र रिसाल म्यानमार सरकारले आफ्नो गल्ती लुकाउँदै आपूmहरुले रोहिङ्ग्यालाई राखिन राज्यबाट भगाउने र भाग्नुपर्ने कुनै त्यस्तो काम नगरेको दाबीगर्दै आएको छ, तर यता उनीहरु भने घर फर्किन पाउने साइतको पर्खाइमा रहेका छन् । हरेक दिन उनीहरुको प्रश्न हुने गर्छ हामी कहिले घर फर्किन पाउँछौँ ? यद्यपी गत बिहीबार बङ्गलादेश र म्यानमारबीच रोहिङ्ग्या शरणार्थीलाई दुई महिनामा फिर्ता गर्ने सहमति भएको ढाकाले जनाएको छ । थप पढ्नुहोस्

डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप बढ्दो

१६ भदौ, काठमाडौं । भाइरल ज्वरोका कारण डडेल्धुराका विभिन्न गाउँपालिका प्रभावित भएका छन् । बिशेषगरी जिल्लाको भागेश्वर, अजयमेरु, गन्यापधुरा, नवदुर्गालगायत गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप बढेको स्थानीयवासीले जनाएका छन् । कामेर ज्वरो आउने, शरीर चिसो भएर जाने, नाकमा सिँगान बग्नाका साथै सुख्खा पनि हुने र हातखुट्टाका जोर्नी दुख्नेलगायतका लक्षण देखिएको स्थानीयवासी बताउँछन् । फोहर पानी तथा खानेकुराका कारण भाइरल ज्वारोको समस्या देखिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ । भाइरल ज्वरोबाट बालबालिका, महिला र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । थप पढ्नुहोस्

गौरा पर्वको अवसरमा आज सार्वजनीक विदा, राष्ट्र प्रमुखले दिए शुभकामना

१३ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा मनाइने धार्मिक सांस्कृतिक महत्वको गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धिको कामना गर्नुभएको छ । उनले आज शुभकामना सन्देश दिँदै सदियौँदेखि मनाइँदै आएको सो पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको छ र यसले आफ्नो मौलिकता राख्न समेत सफल भएको उल्लेख गरेकी छिन् । थप पढ्नुहोस्

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

९ भदौ, काठमाडौं। हिन्दू महिलाले तीज व्रत समापन गरेसँगै महोत्तरी सहितका मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदैछ । भाद्र शुक्लपक्षको चौथीका दिन मनाइने यो पर्व व्रतालुले आज दिनभरि निराहार व्रत बसेर साँझ चन्द्र दर्शन गरेर सम्पन्न गर्नेछन् । खासगरी घरमूली महिला चौरचन व्रत बस्ने मैथिल परम्परा छ । हिन्दू परम्परामा भाद्र शुक्लपक्षको चन्द्रमा दोषपूर्ण मानिने हुनाले मिष्ठान्न परिकार र फलपूmल डालीमा राखेर चन्द्रमा देखाएपछि दोष मेटिने मैथिल हिन्दू बताउँछन् । थप पढ्नुहोस्

नेपालको एउटा गाऊँ जहाँ साउन महिनामा आगो बालिँदैन

८ भदौ, काठमाडौं । साउन महिनामा गाउँभर आगो बाल्न प्रतिबन्ध लाग्ने सोलुखुम्बुको पर्यटकीय गाउँ खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत दिङ्बुचेमा भदौ लागेसँगै घरको चिम्नीबाट आगोको धुवाँ निस्कन र मानव चहलपहल हुन थालेको छ । त्यस गाउँका कसैले पनि साउन महिनामा आगो बाल्दैनन् । आगो बाल्न नपाउने भएपछि भएका चौरी तथा जोक्पेसमेत लिएर सोही गाउँपालिकाको नाम्चे, खुम्जुङलगायतका विभिन्न वस्तीमा पुगेका स्थानीय फर्किएसँगै चहलपहल र धुवाँ देखिन थालेको हो । थप पढ्नुहोस्
1 2 3 4 5