नवलपरासीमा ६ सामुदायिक नमूना विद्यालय

२७ असार, काठमाडौं । नवलपरासी जिल्लाका छवटा सामुदायिक विद्यालय नमूना विद्यालयका रूपमा छनोट भएका छन् । जिल्ला शिक्षा कार्यालयबाट भएको प्रारम्भिक मूल्याँकन तथा शिक्षा विभागले गरेको अवलोकन र मूल्याँकनका आधारमा आवश्यक मापदण्ड पूरा गरेका जिल्लाका छवटा विद्यालय छनोट भएका हुन् । नमूना विद्यालय घोषित हुनेहरुमा नेपाल मावि दिव्यपुरी देवचुली, शिव मावि कावासोती, नवजागरण मावि चोरमारा मध्यबिन्दु, महाकवि देवकोटा मावि सुनवल, राजा महात्मा पूर्णभद्र मावि पञ्चनगर बर्दघाट र त्रिभुवन मावि बेलाटारी प्रतापपुर रहेका छन् । थप पढ्नुहोस्

नवलपरासीमा अवैध रुपमा निजी विद्यालय सञ्चालन

२२ असार, काठमाडौं । नवलपरासी जिल्लामा धैरै सङ्ख्यामा अवैध रुपमा (नियम विपरीत) निजी विद्यालय (बोर्डिङ) सञ्चालन हुँदै आएका छन् । विशेष गरी तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन हुँदै आएका निजी विद्यालयहरु (बोर्डिङ)को सङ्ख्या अझ बढी सङ्ख्यामा रहेको पाइन्छ । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा ३० वटा विद्यालय अनुमति नलिई सञ्चालन भइरहेका छन् । विशेष गरी कक्षा १० सम्मको कक्षा सञ्चालन गर्नेबाहेक स–साना कक्षा सञ्चालन गर्ने विद्यालय अधिकांश मापदण्ड विपरीतका रहेका छन् । थप पढ्नुहोस्

उपत्यकाका निजी विद्यालय बन्द

१३ असार, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल(क्रान्तिकारी) ले शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन नभएको भन्दै आज काठमाडौँ उपत्यकाका निजी (संस्थागत) विद्यालयमा हड्ताल गरेको छ । हडतालका कारण ती विद्यालयमा पठनपाठन प्रभावित भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का महासचिव राजेन्द्र बानियाँले वार्ता र संवाद नगरी जानकारीबिना विद्यालय बन्द गराएकोमा चिन्ता प्रकट गर्दै यस्ता व्यवहारबाट समस्या समाधानमा सहयोग नपुग्ने बताए । थप पढ्नुहोस्

लेखापरीक्षण तथा करसम्बन्धी प्रशिक्षण सम्पन्न

९ असार, काठमाडौं । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा एक सातासम्म सञ्चालित लेखा, लेखापरीक्षण तथा करसम्बन्धी प्रशिक्षण हिजो समापन भएको छ । तालिम समापन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले चुस्त प्रशासनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले क्याम्पसले अतिरिक्त कार्यका रूपमा प्रशिक्षण आयोजना गर्ने गरेको बताए । सो अवसरमा क्याम्पस प्रमुख मोहनराज शर्माले यहाँका विद्यार्थीलाई स्वदेशकै उन्नतिमा अभ्यस्त बनाउन व्यवहारिक र उत्प्रेरणामूलक काम क्याम्पसले सञ्चालन गरिरहेको उल्लेख गरे । थप पढ्नुहोस्

नेपाली भाषा साहित्यको महिना ‘असार’

२ असार, काठमाडौं । म्याग्दीको बुद्ध एकेडेमीले नेपाली भाषाको एकीकरणकर्ताका रुपमा परिचित आदिकवि भानुभक्त आचार्यको जन्म महिना असारलाई नेपाली भाषा साहित्यको महिनाका रुपमा मनाउने भएको छ । बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले असार महिनाभरि विद्यालयमा नेपाली भाषा र साहित्यसम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी आदिकवि भानुभक्तको स्मरण गर्नुका साथै भानुभक्तद्वारा रचित नेपाली रामायणको वाचन गरेर भानुभक्तको जन्मजयन्ती मनाउने भएको हो । थप पढ्नुहोस्

नर्दनमा एभिएसनले बढायो किशोरीहरुको एयर होस्टेजमा आकर्षण

northern light academy of aviation
जेष्ठ १९, काठमाडौँ       काठमाडौंस्थित नर्दन लाइट एकाडेमी अफ एभिएसन एण्ड टेक्नोलोजीले एयर होस्टेज र एयरपोर्ट ग्राउण्ड हेण्डलिङ सम्बन्धी अध्ययन शुरु गरेको छ । हवाई क्षेत्रसँग सम्बन्धित एयर होस्टेज, एयरपोर्ट ग्राउण्ड हेन्डलिङ लगायतका विषय अध्ययन गर्न विदेशी रहनु परेको यथार्थलाई मध्यनजर गर्दैै नेपालमै कलेजको स्थापना गरी अध्यापन शुरु गरिएको नर्दन लाईट एकेडेमी अफ एभियसन एण्ड टेक्नोलोजीका प्रबन्ध निर्देशक राकेश सञ्जेलले बताए । थप पढ्नुहोस्

कक्षा ११ को परीक्षा असार १४ को सट्टा १ गतेदेखि

भक्तपुर, १७ जेठ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा आउँदो असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको आज बसेको बैठकले दोस्रो चरणको चुनावका कारण कक्षा ११ को परीक्षा असार १ गतेदेखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव डिल्ली रिमालले जानकारी दिए । असार ८ गतेदेखि सञ्चालन गर्न तय गरिएको परीक्षा सरकारले असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेपछि असार ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा अगाडि सारिएको हो । थप पढ्नुहोस्
1 2 3