नेताप्रधान राजनीति होईन, नीतिप्रधान राजनीतिको खाँचो


Share This


नेपालबहस संवाददाता    688 Views

शान्ति खडायत

कुनैपनि समाजको विकासका लागि समाजवाद होस् या पुँजीवाद फरक पर्दैन । विचारहीन राजनीतिको कुनै धर्म,जात,वर्ग,क्षेत्र हुँदैन। जहाँ फाईदा त्यहि आफ्नो प्रभुत्व जमाउछ । क्षणिक स्वार्थ स्थायी रहदैन । कुनै पार्टी वा दलको विचारधारा,सिद्दान्त पुरातन वा यथास्थितिवादी हुँदैन । यो त समयको माग अनुसार वदलिदै लैजान सकिन्छ र बदलिन्छ ।

बरु हाम्रो समाजमा हुर्केको सामन्तवादी संंस्कार,अहम्,अहङ्कार,आफन्तवाद र विचारहीन दलिय नारा लगाउदै हिड्ने व्यक्ति हावी भएमा पार्टी वा दललाई दिशाहिन बनाईदिन्छ । समाजमै विकास भएका समाजवाद र पुँजीवादको यस्ता कुसंस्कारसँग कुनै साईनो छैन । तापनि समाजलाई सहि दिशा दिन एक सहि नेतृत्व आवश्यक हुन्छ,जसले आफ्नो जिम्मेवारी अनि सामाजिक कर्तव्यलाई आत्मसाथ गरोस् । कसैलाई पनि आफुले छानेको नेतृत्वप्रति वितृष्णा नजागोस । व्यक्तिगत स्वार्थ सामुहिक काममा हावी हुनु हुदैन । विश्वासको वातावरण हुनु जरुरी छ ।

आजको दुनियाँमा पार्टीका दलगत नारा,इतिहासको नारा या खोक्रो भाषणको जालमा कोहि पर्नेवाला छैन र आदर्शवादी नारा लगाउँदैमा महान् भैदैइन । व्यक्तिगत हारजितले यो समाज अनि राष्ट्रलाई घाटा हुने काम हुनुहदैन । जनताका प्रत्येक भोटको कदर नेतृत्वमा गएकाले गर्नुपर्छ । एउटा असल राजनीतिक संस्कार बसाउनुपर्छ ।विचारको राजनीति हावी भए यसप्रतिको गलत धारणा बदलिनेछ। विकासका लागि सहकार्य,सहमति,सद्भावको आधार निर्माण भए नेतृत्वमा को व्यक्ति वा कुन दल गयोसँग सरोकार हुदैन । बस, हाम्रो समाजको विकास कसरी हुन्छ या भयो त्यो सँग मतलब हुन्छ ।

आशा छ, अब हामीले सहि नेतृत्वलाई छानेर पठाएका छौ । जसले यो देशलाई विकासको बाटो तिर लैजान आफ्नो तर्फबाट सहयोग गरोस् । एक्काईसौ शताब्दिको राजनीतिमा नेता प्रधान राजनीति होइन नीतिप्रधान राजनीति अनुसारको कार्य हुनुपर्छ । स्थानीय तहमा भर्खरै निर्वाचित जनप्रतिनिधिहरुलाई मेरो हार्दिक अनुरोध छ । तबमात्र जनताको मन जित्न सकिन्छ । नेतृत्व तहले आफूमाथिको जिम्मेवारी नभुलुन । शुभकामना ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार