शक्तिशाली ब्याट्री जडान गरिएको इनफोकसको स्मार्टफोन नेपाल भित्रदै


Share This


नेपालबहस संवाददाता    183 Views

११ साउन, काठमाडौं । इनफोकसले निर्माण गरेको ५ हजार एमएएचको शक्तिशाली ब्याट्री जडान गरिएको मोबाइल फोन नेपालमा भित्रने भएको छ । फोनमा जडान भएको ब्याट्रीले २३ घण्टा कुरा गर्न मिल्ने साथै ८ सय १६ घण्टासम्म ब्याट्रीले काम गर्ने बताइएको छ ।

टर्बो –५ मा ५।२ इन्चको ७२० पीको डिस्प्ले रहेको छ । क्वाडकोर मिडियाटेक प्रोसेसर रहेको फोनमा एन्ड्रोइड भर्सन ७।० रहेको छ । यसबाहेक फोनमा २ अथवा ३ जीबीको र्यामको विकल्प छ भने इन्टरनल मेमोरी १६ तथा ३२ जीबीको रहेको छ । साथै ३२ जीबीसम्मको मेमोरी बढाउन सकिन्छ ।

मेटल बडी रहेको फोनको पछाडीपट्टी फिंगरप्रिन्ट सेन्सर रहेको छ । उक्त सेन्सरमा औला राखेपछि ०।५ सेकेन्डमै फोन अनलक गर्न सकिने कम्पनीले जनाएको छ ।

फोनको पछाडी फ्ल्यास सहित १३ मेघापिक्सेलको क्यामरा छ भने ५ मेघापिक्सेलको सेल्फी क्यामरा जडान गरिएको छ ।
यस फोनको अर्को मुख्य विशेषता भनेको रिभर्स चार्ज फिचर हो । यसलाई फोनको पावर बैंकको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

फोनको नेपाली बजार मूल्य २० हजारको हाराहारीमा पर्ने अनुमान गरिएको छ ।

इनफोकस स्मार्टफोन तथा एलइडी टिभीलाई नेपालमा प्रिज्मा टेक्नोलोजीले वितरण गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार