सल्यानको खलंगामा मेगा बैंकको शाखा


Share This


नेपालबहस संवाददाता    95 Views

१४ साउन, काठमाडौं । मेगा बैंकले सल्यानको खलंगामा नयाँ शाखा खोलेको छ । यूकेएड सक्षम एक्सेस टु फाइनान्स कार्यक्रमको साझेदारीमा बैंकले यो शाखा खोलेको हो । बैंकको यो ४८ औं शाखा हो । सल्यान, खलंगामा आफ्नो शाखा खोल्ने मेगा बैंक दोस्रो निजी वाणिज्य बैंक भएको छ । खलंगामा सानो बजार रहे पनि धेरै सरकारी तथा निजी कार्यालयहरूको आवश्यकताहरूलाई परिपूर्ति गर्ने यो शाखा सक्षम हुने बैंकको विश्वास छ ।

“यस क्षेत्रमा साना तथा मझौला आकारका उद्योगहरूको संख्या पनि वृद्धि हुँदै गइरहेको छ जसले गर्दा खलंगाका स्थानीयलाई सेवा प्रदान गर्ने गरी औपचारिक बैंंकिङ सेवाको थालनी गर्न आवश्यक परिरहेको थियो, मेगा बैंकले यस क्षेत्रमा ०७४ जेठ १६ मा आंशिक सेवा ९सफ्ट लञ्च०को प्रारम्भ गरेयता ४ सय ५० भन्दा बढी बैंक खाता खोल्न सफल भइसकेको छ,” बैंकले विज्ञप्तिमा भनेको छ ।

सक्षम–मेगा बैंक साझेदारी सन् २०१५ मा सुरु भएको हो । यस साझेदारीका लक्ष्यहरू ४ वटा नयाँ शाखा र ३० वटा नयाँ शाखारहित बैंकिङ सेवाविन्दुहरूको स्थापना गर्ने र ट्याब बैंकिङको अवधारणा ल्याएर अछाम, दार्चुला, डडेल्धुरा, दाङ, कैलाली तथा सल्यान गरी छ जिल्लामा रियल टाइम मोबाइल वित्तीय सेवाहरू प्रदान गर्ने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार