‘प्रेम गीत- २’ को आक्रामक व्यापार


Share This


नेपालबहस संवाददाता    147 Views

१५ साउन, काठमाडौं । लभस्टोरी फिल्म ‘प्रेमगीत’को सफलतापछि निर्माण भएको ‘प्रेम गीत-२’ले देशभरका हलहरुमा आक्रामक व्यापार गरिरहेको छ । शुक्रबार रिलिज भएको फिल्मले दुईदिनमै डेढ करोड कलेक्सन गरिसकेको निर्माता सन्तोस सेनले दावी गरेका छन् । राजधानीका कतिपय हलहरुमा विहानदेखि बेलुकी नौं बजेसम्म हाउसफुल भए ।

चलचित्र ‘छक्का पन्जा’ र ‘लुट(२’ भन्दा प्रेमगीत(२ ले ब्यापार राम्रो गरिरहेको हल संचालकहरुले बताएका छन् । शुक्रबारको सोमै फिल्मले १ करोड १२ लाख ग्रस कलेक्सन गरेको दाबी हल संचालकहरुको छ । दुईदिन भित्र देशभरबाट २ करोड ५३ लाख कलेक्सन भइसकेको छ ।

रामशरण पाठकको लेखन तथा निर्देशन रहेको फिल्ममा प्रदिप खड्का र अश्लेषा ठकुरीको प्रमुख भूमिका छ । बर्मेली युवती र नेपाली युवक बीचको रोचक कथा फिल्ममा देख्न पाइन्छ । राजधानीका कतिपय हलहरुमा दर्शकले टिकट नपाएको भन्दै आन्दोलन समेत गर्नु परेको थियो । फिल्म हेरेर निस्किएका ९९ प्रतिशत दर्शकले कथाबस्तु र कलाकारको भूमिकाको खुलेर प्रशंसा गरेका छन् ।

निर्मात स्वयम अभिनित चलचित्र ‘प्रेम गीत–२’ मा नयाँ कलाकार भनेर दर्शकले नरुचाउने भन्दा पनि मन र मुटुमा छुने कथाबस्तुका कारण हलमा भीड बढेको निर्माण टिमको दावी छ । फिल्मले ५१ दिन यही रफ्तारमा मनाउने पनि टिमले दावी गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार