पाथीभरा गोल्डकप : ताप्लेजुङ विजयी


Share This


नेपालबहस संवाददाता    107 Views

२२ साउन, काठमाडौं । आजबाट शुरु भएको दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ताप्लेजुङ विजयी भएको छ ।

सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा भएको खेलमा रेडहर्स क्लब इलामलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रयास युवा क्लब ताप्लेजुङ विजयी भएको हो ।

ताप्लेजुङका लागि खेलको ४७औं मिनेटमा कृष राई, ५९औँ मिनेटमा मुकेश लिम्बू र ८३औँ मिनेटमा सुनिल नाल्बोले गोल गरेका थिए । सोमबार कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र सशस्त्र प्रहरी फुटबल टिम दमकबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा दशवटा टिमको सहभागिता रहेको लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष युगराज गुरुङले जानकारी दिए। प्रतियोगिताको विजेतालाई ट्रफीसहित रु दुई लाख ११ हजार १११ र उपविजेतालाई रु एक लाख ११ हजार १११ पुरस्कार प्रदान गरिनेछ । साउन ३० गतेसम्म चल्ने प्रतियोगिता २०२९ सालदेखि लाखेजात्राका अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार