आज चन्द्रग्रहण, २ बजेर ७ मिनेटदेखि भोजन नगर्न अुनरोध


Share This


नेपालबहस संवाददाता    89 Views

२३ साउन, काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका दिन आज राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने उनले बताए ।

एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ । छायाँ आग्नेयकोणबाट प्रवेश गरी नैऋत्यकोणबाट बाहिर निस्कन्छ । शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेककालाई दिउँसो २ बजेर सात मिनेटदेखि भोजन निषेध गरिएको छ ।

तराईमा आज रक्षाबन्धन

मिथिला क्षेत्र र तराईका जिल्लामा आज रक्षाबन्धन पर्व उल्लासमय वातावरणमा मनाइँदैछ ।

खासगरी तराईका मैथिल समुदाय, थारू, राजवंशी, गणगाईलगायत आदिवासीले मिथिला पञ्चाङका आधारमा सम्पूर्ण धार्मिक कार्य र विवाहसमेत गर्दै आइरहेका छन् । सो पञ्चाङका आधारमा बिहान ११ देखि मध्याह्न २ बजेसम्म शुभसाइतमा रक्षाबन्धनका साथै ब्राह्मणबाट रक्षासूत्र बाँध्न पण्डित चन्द्रमोहन झाले सुझाव दिएका छन् ।

सोमबार राति ११ बजेर ७ मिनेटदेखि चन्द्रग्रहण लाग्ने भएकाले निर्धारित समयमा गर्दा कुनै प्रकारको कुप्रभाव नपर्ने उनले बताए । साउन पूर्णिमाका दिनमा यो पर्व मनाउने गरिएको यस पर्वका अवसरमा दाजुभाइलाई दिदीबहिनीले रक्षाबन्धन बाध्ने गर्छन् । सो अवसरमा दाजुभाइले दिदीबहिनीको रक्षाको वचनका साथै आ–आफ्ना क्षमतानुसार उपहार दिने गर्छन् । यो पर्वको अवसरमा आज बिहानैदेखि विराटनगरको मिठाई पसलमा ग्राहकको चहलपहल बढेको छ । सरकारले आज तराईका जिल्लामा सार्वजनिक विदा दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार