युएईमा रमाउँदै आइएमईका व्यवसायीक साझेदार


Share This


नेपालबहस संवाददाता    151 Views

१५ माघ, काठमाडौं । गएको आर्थिक वर्षका पछिल्ला छ महिनामा व्यवसायीक साझेदारहरुले गरेको रेमिटेन्स कारोवारका आधारमा आइएमई लिमिटेडले आफ्ना दश व्यवसायीक साझेदारहरुलाई युएईको दशदिने भ्रमण गराई रहेको आइएमईका जनसम्पर्कप्रवन्धक राजु पौडेलले जानकारी दिए ।

बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थितीको आधारमा व्यवसायीक साझेदारहरुलाई निश्चित लक्ष्य तोकी विभिन्न समुहमा वर्गिकरण गरिएको थियो । यो मुल्यांकन अवधिमा उत्कृष्ट कारोबार गरी लक्ष्यप्राप्त गर्न सफल प्रत्येक समुहबाट एक/एक गरी कुल दश जनालाई युएई भ्रमणको अवसर उपलब्ध गराइएको आइएमईले जनाएको छ ।

त्यस्तै गत मंसिरमा आफ्ना दशजना व्यवसायीक साझेदारहरुलाई आइएमईले सुदुरपश्चिम स्थित मुगुमा अवस्थित रारा तालको भ्रमण गराएको थियो । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष २०७३÷७४ मादिइएको व्यवसायीक साझेदारमूखि ब्यापार प्रवद्र्घनात्मक कार्यक्रमअन्तर्गत दश व्यवसायीक साझेदारहरुलाई छनोट गरिएको आइएमईले जनाएको छ ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व कम्पनीले सेवाशुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६०आइएमई सेन्टरसहित सातै वटा प्रदेश र ७७ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत ्विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार