राष्ट्रसंघसँगको सम्झौता रद्द गर्ने इजरायली प्रधानमन्त्रीको घोषणा


Share This


नेपालबहस संवाददाता    25 Views

२१ चैत, काठमाडौं । इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले संयुक्त राष्टसंघको शरणार्थी मामिला हेर्ने निकायसँग हजारौँ अफ्रिकी आप्रवासीको पुनस्थापनाका लागि गरिएको सम्झौतालाई रद्द गर्न लागिएको बताएका छन् ।

इजरायली दक्षिणपन्थी समूहको बढ्दो दवावका कारण नेतन्याहुले उक्त कदम चालेको अन्तराष्ट्रिय समाचारमाध्यामहरुले जनाएका छन् । इजरायली प्रधानमन्त्री नेतन्याहुले सोमबार एक टेलिभिजन सम्बोधनका क्रममा सम्झौतालाई फिर्ता हुने घोषणा गरेका थिए ।

समाचारलाई स्थानीय प्रशारण तथा छापाका सञ्चारमाध्यमले विशेष स्थान दिएर प्रकाशन तथा प्रशारण गरेका छन् । उनले दक्षिणपन्थी राजनीतिक समूह तथा उनका कयौँ आफ्नै समर्थक समेतमा देखिएको तातो रिस साम्य गर्न सम्झौताबाट पछि हट्ने निर्णय लिएको बताएका थिए ।

सोमबार राती पोष्ट गरेको फेसबुक सन्देशमा पनि नेतन्याहुले आप्रबासीका सम्बन्धमा राष्ट्रसंघीय आप्रवासी मामला हेर्ने निकायसँग गरेको सम्झौतालाई व्यापक छलफलपछि रद्द गर्ने निर्णयमा पुगेको बताएका छन् ।

सम्झौताले अस्थायी रूपमा नै भएपनि हजारौँ आप्रबासीलाई इजरायलमा रहनसक्ने व्यवस्था गरेको थियो । उनले सम्झौता खारेज नै हुने मङ्गलबार इरानी सञ्चारकर्मीसँगको कुराकानीमा बताएका थिए । एएफ्पी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार