राष्ट्र बैंकले ल्यायो नयाँ व्यवस्था, बैंकले अर्को बैंकको ऋण किन्न पाउने

१ फागुन, काठमाडौं  । नेपाल राष्ट्र बैंकले दैनिक वाणिज्य बैंकहरुको कर्जा निक्षेप अनुपातको गणना मासिक रुपमा गणना गर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै वाणिज्य बैंकलाई राहत दिने गरी यस्तो व्यवस्था गरेको हो । मौद्रिक नीतिले बैंकले हर्जना तिर्न पनि मासिक औसतलाई आधार मान्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले ओभर ड्राफ्ट कर्जामा बैंक तथा वित्तीय संस्थालाई झन् कडाइ गरेको छ । यसको असर केही हदसम्म शेयर बजारमा पनि पर्ने आँकलन गरिएको छ । थप पढ्नुहोस्