मेक्सिको सीमामा पर्खाल बनाएरै छोड्छौँ– राष्ट्रपति ट्रम्प

९ असार, काठमाडौं । आफ्नो चुनावी अभियानको हतियारको रुपमा प्रयोग गरेको अमेरिकी–मेक्सिकन मुद्दामा आफु निर्वाचित भएपछि पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोलाई संसारको हिंसाजन्य देशमध्येको दोस्रो ठूलोको संज्ञा दिएका छन् । उनले शुक्रबार आफ्नो ट्वीटर एकाउन्टमा भनेका छन्– मेक्सिको सिरियापछिको दोस्रो ठूलो हिंसाजन्य देश हो । त्यहाँ बर्षेनी हजारौँ नागरिक मारिन्छन् । थप पढ्नुहोस्