एमाले नेता बस्नेतको फेसबुकबाट शरणार्थी प्रकरणबारे अडियो सार्वजनिकः नेतृ राणा र खाँणले रकम लिएको दाबी
नेपालबहस संवाददाता
बैशाख २४, २०८० आइतबार १४:३४:३
२४ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतकाे फेसबुक पेजबाट शरणार्थी प्रकरणमा रकम लिएको भन्ने अडियो सार्वजनिक भएको छ । उक्त अडियोमा नेपालीलाई नक्कली शरणार्थी बनाई अमेरिका पठाउने क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी अरजु राणा देउवा र नेता बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणले रकम लिएको दावी गरिएको छ ।
बस्नेतको फेसबुकमा सार्वजनिक गरिएको अडियोमा मञ्जु खाँणलाई रकम दिइएको भनिएको छ । अडियो यसै प्रकरणमा पक्राउ परेका दाङका सन्देश शर्मामार्फत आएको बताइएको छ ।
नेता बस्नेतले आइतबार बिहान पोखरामा आफूहरुले सक्कली अडियो सार्वजनिक गरिसकेको भन्दै कांग्रेस नेतृ आरजु राणाले यस प्रकरणमा २ करोड ५० लाख र मञ्जु खाँणले ६ करोड रकम लिएको दावी गरेका थिए । बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेसका प्रभावशाली नेताहरूमाथि कारबाही हुनुपर्ने दावी पनि गरेका छन् ।
उनले पूर्व गृहमन्त्री बालकृष्ण खाँणदेखि पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा समेतलाई छानबिनको दायरामा ल्याउनुपर्छ भन्ने मागसहित अडियो सार्वजनिक गरेको बताएका छन् । रायमाझीका विषयमा भने उनले कानुनी प्रक्रियाबाट बाहिर नजाने बताएका छन् । बस्नेतले रायमाझीले यो प्रकरणमा राज्यलाई सहजीकरण गर्ने काममा भूमिका खेल्ने बताएका छन् ।
उनले भने ‘हामीले एउटा अडियो पाएका छौ र हिजो त्यो सार्वजनिक पनि गरेका छौ । त्यसमा आरजु भाउजूलाई साढे २ करोड र पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जु खाँणलाई ६ करोड रूपैयाँ दिएको भनिएको छ’, बस्नेतको भनाइ छ । नेता बस्नेतले बालकृष्ण खाँण गृहमन्त्री हुँदा भुटानी शरणार्थी प्रकरणमा लेनदेन भएको अडियोबाट खुलेको दाबी गरेका छन् ।
बस्नेतले राणा र गृहमन्त्री बालकृष्ण खाँणकी श्रीमती मञ्जुले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउने गिरोहसँग साढे आठ करोड लिएको दाबी सहितको अडियो सार्वजनिक भएको दावी गरेका हुन् । अडियोमा सरुवा बारे असन्तुष्ट एक व्यक्तिसँग भएको कुराकानी मात्र सुनिन्छ । अडियोमा कुरा गर्ने दुवै व्यक्तिको पहिचान पनि प्रष्ट सुनिएको छैन ।
अनावश्यक रूपमा सरुवा गरेर पैसा लिन खोजेको, दुहुनो गाई बनाएको भन्दै एक व्यक्तिले भनेका छन्, ‘ आरजु राणालाई साढे दुई करोड र मञ्जु खाणलाई हनुमानथानको घरमा ६ करोड बुझाएकै हो । प्रमाण छ नि मसँग भनिएको छ । यो अडियो यसै प्रकरणमा पक्राउ परेका दाङका सन्देश शर्मामार्फत आएको बताइएको छ । अडियोमा दाबी गरिए अनुसारै काठमाडौंको हनुमानथानमा खाँणको घर छ । बालकृष्ण मैजुवहालमा डेरामा समेत बस्ने गरेका छन् । अडियो टिकटकबाट सार्वजनिक भएको हो । यही अडियो नेता बस्नेतको फसबुकमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
अमेरिकाको भर्जिनियामा कार हिउँमा चिप्लिदा २ नेपालीको मृत्यु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार