दुप्चेश्वर मन्दिरमा भक्तजनको घुइँचो

१६ मंसिर, काठमाडौं । नुवाकोटको राउतबेंसीस्थित दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनक जारी छ । मन्दिरमा लाग्ने मेलाको मुख्य दिन आज शनिबार साँझ र आइतबार पूर्णिमाको बिहानी प्रहरमा पूजाराधना गर्ने भक्तजनको सहभागिता उल्लेख्य छ । एकादशीदेखि नै शुरु भएको घुइँचो लगातारको बिदाले अघिल्लो वर्षभन्दा यस वर्ष वृद्धि भएको मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिए । थप पढ्नुहोस्

भूकम्पले क्षतिग्रस्त बुद्ध मूर्तिको जीर्णोद्धार सम्पन्न

१२ मंसिर, काठमाडौं । विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएको भक्तपुर नगरपालिका–७ स्थित प्रसिद्ध तीर्थस्थल हनुमानघाट परिसर खुसी विहारमा रहेको भगवान् बुद्धको ठूलो मूर्तिको जीर्णोद्धार सम्पन्न भएको छ । भक्तपुर बौद्ध सम्पदा संघको भूकम्पले क्षतिग्रस्त बौद्ध सम्पदाको संरक्षण र संवद्र्धन गर्ने योजनाअन्तर्गत गत भदौ ८ गतेबाट शुरु भएको जीर्णोद्धार मंसिर पहिलो साता सम्पन्न भएको हो । थप पढ्नुहोस्

सोलुखुम्बुमा शान्तिपूर्ण रुपमा मतदान, तिंला गाविसमा रित्तो मतपेटीका !

१० मंसिर, काठमाडौं । सोलुखुम्बुमा बिहान ७ बजेबाट नै शान्तिपूर्ण रुपमा मतदान शुरु भएको छ । जिल्लाका १२५ वटै मतदानस्थलमा शान्तिपूर्ण रुपमा मतदान कार्य शुरु भएको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद सुवेदीले जानकारी दिए । जिल्लाको सदरमुकामलगायत माथिल्लो क्षेत्रमा भने चिसोका कारण बिहानीपख मतदाताको उपस्थिति न्यून देखिएको छ । चिसो धेरै भएका कारण मतदाताको उपस्थिति कम रहे पनि क्रमशः बाक्लिँदै गएको र दिउँसो चाप बढ्ने खुम्बुपासाङल्हमु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिए । तल्लो क्षेत्रमा भने बिहानैबाट मतदाताहरुको लाइन लागेको छ । थप पढ्नुहोस्

चुनावी दौडमा ठेक्का लिएर काम नगर्ने ठेकेदारहरु

६ मंसिर, काठमाडौं । अहिले मुलुकभर बाटो र पुल बनाउने करीब रु.१० अर्बको काम अलपत्र अवस्थामा छ । तर, त्यो ठेक्का लिएर काम नगर्ने ठेकेदारहरू चाहिं ‘मुलुक बनाउने’ नारासहित प्रमुख दलको टिकटमा उम्मेदवार बनेका छन् । निर्माण व्यवसायीहरू पनि दलहरूको प्रत्यक्ष तथा समानुपातिक टिकटमा चुनावी मैदानमा छन् । निर्माण व्यवसायी महासंघका एक पदाधिकारीका भनाइमा, “धेरैजसो व्यवसायी राजनीतिक योगदानका आधारमा भन्दा पनि पैसा खर्च गर्न सक्ने भएकोले उम्मेदवार भएका हुन् । थप पढ्नुहोस्

अमेरिकी दूतावासको सहयोगमा नक्कली प्रमाणपत्र बनाउने आठजना पक्राउ

५ मंसिर, काठमाडौं । अमेरिका जाने ‘डिभी’ चिट्ठा परेपछि नक्कली प्रमाणपत्र बनाउने दुई र सो बनाउन सहयोग गर्ने छजना गरी आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । थप पढ्नुहोस्

गाउँमा चुनावी चहलपहल, मन्थली बजार सुनसान जस्तै

२ मंसिर, काठमाडौं । नजिकका हिमशृंखलाले रामेछापका कतिपय ठाउँमा चिसो बढाएको भएपनि आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहलले पूरै रामेछाप जिल्लाको माहोललाई तताइदिएको भान हुन्छ । जिल्लाको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा नुम्बुर हिमाल शृङ्खलाका कारण चिसो बढेर जनजीवन कष्टकर बनेको छ । तथापि आगामी मङसीर १० गते हुन लागेको निर्वाचनमा खस्ने मतको जोडघटाउ गर्दै राजनीतिक दल र तिनका कार्यकर्ता मन्थलीको चोकचोकमा चिया गफमा व्यस्त देखिन्छन । धेरैजना भने प्रचारका लागि गाउँ गाउँ गएका छन् । थप पढ्नुहोस्

वडाध्यक्ष विजयकुमार सिंह आपत्तिजनक अवस्थामा पक्राउ

२७ कात्तिक, काठमाडौं । जलेश्वर नगरपालिकाका एक वडा अध्यक्ष गएराति आफ्नै दलित महिला वडा सदस्यसँग आपत्तिजनक अवस्थामा फेला परेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–८ का वडाध्यक्ष विजयकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । थप पढ्नुहोस्

दक्षता परियोजना कार्यक्रम शुरु, आवेदकलाई १० लाख युरोसम्म अनुदान

२३ कात्तिक, काठमाडौं । युरोपियन युनियनको आर्थिक सहयोगमा ब्रिटिस काउन्सिलले सञ्चालन गरेको दक्षता परियोजना क्षेत्रीय अनुदान कार्यक्रम शुरु भएको छ । सरोकारवालाहरुलाई अनुदानका उद्देश्य, प्रक्रिया, मापदण्ड र योग्यताका बारेमा जानकारी दिन सम्भावित आवेदकलाई प्रारम्भिक आवेदनको ढाँचा र आवेदन पेश गर्नेसम्बन्धी निर्देशिका सम्बन्धमा बुधबार जानकारी गराएकोे हो । थप पढ्नुहोस्

१५ सन्तानका नेपाली आमाहरु

१७ कात्तिक, काठमाडौं । हिमाली गाउँपालिका १ बस्ने ४१ वर्षीया बिस्नकला थापाले गएको जेठमा १६औं सन्तान जन्माइन् । अरू बच्चा घरमै जन्माएकी थापाले १६औं बच्चा भने जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा जन्माइन् । उनका ९ वटा बच्चाको मृत्यु भइसकेको छ, भने ७ बच्चा जीवित छन् । १४ वर्षमा बिहे गरेकी बिस्नकलाको ४१ वर्षको उमेरसम्मको देखिने गरिको मुख्य काम भनेको बच्चा जन्माउने मात्रै हो । बाजुरा जिल्लाको पनि दुर्गम गाउँकी बिस्नकलासँग धेरै सन्तान किन जन्मिए भन्ने प्रश्नको जवाफ छैन । श्रीमान् जैधन थापा भन्छन्, “रोक्ने साधन केही भएन, उपाय पनि केही जानिएन । थप पढ्नुहोस्

आज हरिबोधिनी एकादशी : कालिगण्डकी र चार नारायणमा दर्शनार्थिको भिड

१४ कात्तिक, काठमाडौँ । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । थप पढ्नुहोस्
1 2 3 4 5 9