अन्तुमा पर्यटकको चहलपहल बढ्यो, ओझेलमा ‘मार्गा पोखरी’

२० असोज, काठमाडौं । सूर्योदय दृष्यावलोकनका लागि नेपालकै उत्कृष्ट स्थान मानिएको पूर्वी इलामको अन्तुमा मौसम खुलेसँगै पर्यटक आवागमन शुरु भएको छ । मौसममा सुधार आएपछि आन्तरिक र बाह्य पर्यटक जाने क्रम शुरु भएको हो । सूर्योदय, सूर्यास्त, हिमशृङ्खला तथा नेपाल र भारतका थुप्रै स्थानलाई आँखै अघिनै नियाल्न सकिने अन्तु क्षेत्र प्राचीन लेप्चा जातिको लोपोन्मुख संस्कृति, कृषिबाट सुधारिएको जीवनशैली, व्यावसायिक फूलखेती, थुम्काथुम्कामा मौलाएको हरियाली चियाबारीको ‘ग्रीन कार्पेट’ लगायतले पर्यटकको आकर्षणको केन्द्र बनेको छ । थप पढ्नुहोस्

यस्तो छ, तिलिचो ताल जाने छोटो पदमार्ग

१९ असोज, काठमाडौं । विश्वकै सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल पुग्ने नयाँ पदमार्ग निर्माण भएको छ । ताल समुद्री सतहदेखि ४,९१९ मिटर अग्लो स्थानमा रहेको छ । सो तालमा जान अब हिमालपारिको जिल्ला मुस्ताङबाट जोमसोमको ठिनी हुँदै ५,१२० मिटर अग्लो मेसोकोन्दो पास( भञ्ज्याङ) भई पुग्न सकिने छोटो पदमार्गको निर्माण भएको छ । उक्त पदमार्ग निर्माण तथा साइन पोस्टिङको कार्य अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय, जोमसोमद्वारा गरिएको हो । गत साल र अहिले गरी उक्त निर्माण तथा साइन पोस्टिङको कार्य सफल पारिएको हो । थप पढ्नुहोस्

बेनीका होटल भरिभराउ

१७ असोज, काठमार्डौं । बेनी–जोमसोम सडक हुँदै हिमालपारिको जिल्ला मुस्ताङ भम्रण गर्ने आन्तरिक पर्यटक बढेका छन् । दशैँ बिदा सदुपयोग गर्दै मुस्ताङको भम्रणमा जाने पर्यटकको संख्या बढेपछि म्याग्दी सदरमुकाम बेनी, गलेश्वरलगायतका क्षेत्रका होटल भरिभराउ भएका हुन् । टीकाको भोलिपल्टदेखि मुस्ताङ भम्रणमा आउनेको भिड बढेसँगै होटल भरिभराउ भएको र होटलको क्षमताभन्दा पनि बढी पाहुना आउन थालेपछि व्यवस्थापन गर्नै मुस्किल परेको बेनीस्थित होटल शिखरका सञ्चालक सुजन बरुवालले बताए । बिदामा मुस्ताङ भम्रण गर्नेले बास बस्न बेनीका होटलमा अग्रिम बुकिङसमेत गर्न थालेका छन् । थप पढ्नुहोस्

सुरु भयो पर्यटननको मौसम, दश लाख पर्यटक नेपाल आउने टानको आँकलन

१० असोज, काठमाडौं । पर्यटकीय मौसम शुरु भएसँगै होटलहरु भरिन थालेका छन् । कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन् । सफा र अनुकूल वातावरणले पदयात्रा र पर्वतीय गन्तव्य घुम्न बाह्य र आन्तरिक पर्यटक घरबाट निक्लिएका छन् । यो मौसममा हिमाल र प्राकृतिक सौन्र्दयको मज्जा लिन विदेशी पर्यटक उल्लेख्य मात्रामा आउने गरेको पाइन्छ । दशैंमा बिदा मनाउन निक्लेका आन्तरिक पर्यटकका कारण पनि मुख्य पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा चितवनलगायतका ठाउँका होटलहरु भरिन थालेका छन् । थप पढ्नुहोस्

पाटा ट्राभल मार्टमा नेपाल

४ असोज, काठमाडौं । नेपाली पर्यटनलाई विश्व बजारमा प्रवद्र्धन गर्ने उद्देश्यले मकाउमा आयोजित प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) ट्राभल मार्टको ४०औँ संस्करणमा नेपालले सक्रिय सहभागिता जनाएको छ । पाटा नेपाल च्याप्टरले नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमसँगको सहकार्यमा गत भदौ २८ देखि ३० गतेसम्म मकाउको द भेनिशियन मकाउ रिसोर्ट होटेलमा आयोजित उक्त ट्राभल मार्टमा ‘नेपाल पेभिलियन’अन्तर्गत सहभागी भई पर्यटन प्रवद्र्धन गरेको थियो । थप पढ्नुहोस्

सिजन सुरु भएसँगै विदेशी मुलुकजस्तै देखिन थाल्यो मुस्ताङ

२८ भदौ, काठमाडौं । नेपालको महत्वपूर्ण पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा रहेको मनाङमा यस मौसममा पर्यटकको लर्को लाग्न थालेको छ । वर्षा सकिएर हिउँदको शुरुवातसँगै दैनिक ८० देखि १०० जना पर्यटक मनाङ भित्रन थालेका छन् । गत वर्ष २२ हजार ८०० बाह्य र ८,००० आन्तरिक पर्यटकले मनाङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख बाबुलाल तिरुवाले बताए । हिमाल पारीको जिल्ला मनाङ अहिले कुनै विदेशी मुलुकजस्तै देखिन थालेको छ । लमजुङको बेँशीसहर हुँदै यहाँ भित्रने पर्यटक बाटोभरि पैदलयात्रा गरिरहेको देख्न सकिन्छ । थप पढ्नुहोस्

मझगाउँ विमानस्थल सञ्चालनमा नआउँदा पर्यटन व्यवसायी मारमा

२७ भदौ, काठमाडौं । दुई दशकदेखि बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनमा आउन नसक्दा यस क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन् । विमानस्थल सुचारु नहुँदा त्यहाँका महत्वपूर्ण पर्यटकीयस्थल ओझेलमा परेका छन् । हवाईसेवा बन्द हुँदा यहाँ विदेशी पर्यटक आउन सकेका छैनन् । करोडौँ रुपैयाँ खर्चिएर निर्माण गरेको विमानस्थलका भौतिक संरचना जीर्ण भएका छन् । हवाईमैदान स्थानीय बासिन्दाको गाईगोरु चराउने क्षेत्र बनेको छ । थप पढ्नुहोस्

तेञ्जिङ हिलारी विमानस्थलमा छैन मौसम पूर्वानुमान यन्त्र

२७ भदौ, काठमाडौं । विभिन्न प्रतिवेदनहरुले सोलुखुम्बुको लुक्लास्थित तेञ्जिङ हिलारी विमानस्थललाई विश्वकै खतरनाक विमानस्थलको सूचीमा राखेका छन् । विमानस्थलको छोटो रनवे, अवतरण गर्ने बेलाको भौगोलिक विकटता, केही समयमै परिवर्तन हुने मौसम आदिलाई उल्लेख गर्दै प्रतिवेदनहरुमा यो विमानस्थललाई खतरनाक विमानस्थलको सूचीमा राखिएको छ । तर यही खतरनाक विमानस्थलमा सुरक्षाका लागि आवश्यक पूर्वाधार तयार गरिएको छैन । छिनछिनमै मौसम बदली भइरहने लुक्ला विमानस्थलमा मौसमको अवस्था थाहा पाउने यन्त्र नै छैन । थप पढ्नुहोस्

पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण महत्वपूर्ण

२५ भदौ, काठमाडौं । मुलुकको पर्यटन क्षेत्रको विकासमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेकामा जोड दिइएको छ । पर्यटन पत्रकार सङ्घ (जाट) नेपालको सातौँ वार्षिक साधारण सभाका अवसरमा आज आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले मुलुकको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको ठूलो भूमिका रहेको बताए । “जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यति नै पर्यटकलाई स्वदेशमा भित्र्याउन सकिन्छ त्यसका लागि सञ्चार माध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ,” उनले भने । थप पढ्नुहोस्

पर्यटनको प्रचुर सम्भावना बोकेको ‘रामगुफा’ ओझेलमा

२० भदौ, काठमाडौं । पाल्पा, रामपुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक रामगुफाले प्रचुर सम्भावना बोकेको छ । पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् रामले वनवास जाँदा रामपुर नगरपालिका–५ को कालीगण्डकी नदीस्थित रामघाटमा नुहाएको भनाइ छ । सोही घाट नजिकै रहेको गुफामा भगवान् रामले रामघाटमा नुहाएर तपस्या गरेको किंवदन्ती रहेको त्यस गुफा परम्परादेखि नै रामगुफाका नामले चिनिँदै आएको छ । थप पढ्नुहोस्
1 2 3 4 5 6