खाडी सङ्कट समाधान गर्न फ्रान्स इच्छुक

१ साउन, काठमाडौं । फ्रान्सका विदेशमन्त्री जाँ यभेस ले ड्रेनले पेरिस खाडी मुलुकमा देखिएको समस्या समाधान गर्न कुवेतको मध्यस्थतामा चार अरब मुलुक साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), बहराइन तथा इजिप्ट र कतारसँग भइरहेको वार्ताप्रयासमा सहयोग गर्न इच्छुक रहेको शनिबार बताएका छन् । “कुवेत नेतृत्वको मध्यस्थतामा फ्रान्सले पहल लिनु जरुरी छ,” ले ड्रेनले कतारी समकक्षी शेख मोहम्मद विन अब्दुलरहमान अलथानीसँगको कुराकानीपछि सञ्चारकर्मीलाई बताएका हुन् । थप पढ्नुहोस्