राष्ट्रको संचार : नेपाल टेलिकम ! कोशीटप्पुमा सञ्चारको सुविधा उपलब्ध गराउन स्थानियको माग

१७ पुस, काठमाडौं । प्रदेश नं १ को पर्यटकीय गन्तव्यस्थलका रुपमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षमा सञ्चारको सुविधा उपलब्ध गराउन सो क्षेत्रका स्थानीयबासिन्दाले माग गरेका छन् । आरक्ष क्षेत्रमा सञ्चार सम्पर्कविहीन हुँदा समस्या भएको भन्दै स्थानीयले सञ्चारको सुविधा उपलब्ध गराउन माग गरेका हुन् । थप पढ्नुहोस्

पर्यटकीयस्थल विकासका लागि फेसबुकबाट एक लाख संकलन

४ पुस, काठमाडौं । बैतडी पत्ताल भुमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवाहरु जुटेका छन् । रोजगारीको सिलसिलामा देश बाहिर रहेका बैतडीका युवाले प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा संवद्र्धनका लागि सामाजिक सञ्जालमार्फत रु एक लाख बढी रकम संकलन गरेका छन् । थप पढ्नुहोस्

पोखरामा सिसी क्यामेरा जडान गर्न उद्योग वाणिज्य संघ सकारात्मक

११ मंसिर, काठमाडौं । पोखरालेखनाथ महानगरको शान्ति सुरक्षाका लागि विभिन्न स्थानमा सिसी क्यामेरा जडान गर्ने सम्बन्धमा पोखरा उद्योग वाणिज्य संघद्वारा आइतबार आयोजित छलफलमा पोखरालेखनाथलाई स्मार्ट सिटीका रुपमा विकास गर्न सिसी क्यामेरा पहिलो आवश्यकता भएकामा जोड दिइएको छ । स्मार्ट सिटीको निर्माणका लागि सुरक्षा पहिलो चुनौती भएको बताउँदै कार्यक्रमका वक्ताले सिसी क्यामेरा जडानसँगै सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सकिने बताए । थप पढ्नुहोस्

एनालग प्रणाली बन्द भए/नभएको बारे अनुगमन सुरु

१ मंसिर, काठमाडौं । सरकारले एनालग प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारण डिजिटल प्रणालीमा रूपान्तरण भए÷नभएको बारे अनुगमन गरेको छ । सरकारले राष्ट्रिय प्रसारण नियमावली, २०५२ (आठौँ संशोधन) को नियम ४ बमोजिम महानगरपालिका क्षेत्रमा गत वैशाख १५ गतेसम्म र उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा यही कात्तिक १५ गतेसम्म एनालग प्रणालीमा प्रसारण भइरहेको टेलिभिजन प्रसारणलाई डिजिटल प्रणालीमा रूपान्तरण गरी सफा, स्पष्ट, गुणस्तरीय प्रसारण गर्न सम्बन्धित सबै संस्थालाई अनुरोध गरेको थियो । थप पढ्नुहोस्

बम बनाउने सामग्री बरामद

२५ कात्तिक, काठमाडौं । प्रहरीले ठूलो परिमाणमा बम बनाउन प्रयोग गरिने विष्फोटक सामग्री बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–११ ढुङ्गेबजारबाट आज बम बनाउन प्रयोग गरिने डेटोनेटर, जिलेटिन, फ्यूजवायर तारलगायत बरामद गरिएको हो । बम बनाउन प्रयोग गरिने सामाग्रीसँगै भारतीय र नेपाली सीमसहितको मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ । निर्वाचनमा प्रभाव पार्नका लागि निर्वाचन विरोधी समूहले विष्फोटक सामग्री भारतबाट भित्र्याएको प्रहरीले जनाएको छ । थप पढ्नुहोस्

सूचना प्रविधिमैत्री कामपा बनाउन नगरवासीलाई ‘मेट्रो’ एप्स

२१ कात्तिक, काठमाडौं । महानगर र नगरवासीबीचको सम्बन्ध पारदर्शी एवं सूचना प्रविधिमैत्री बनाउन काठमाडौँ महानगरपालिकाले औपचारिक रुपमा ‘काठमाडौँ मेट्रो’ एप्सको सुरुवात गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले एप्सको शुभारम्भ गर्दै प्रविधिको उचित प्रयोगमार्फत कामपाले गरेका विकास निर्माणका कार्यलाई छिटो र यथार्थ रुपमा जनतामा लैजान एप्सको भूमिका महत्वपुर्ण रहने बताएका छन् । कामपाका सेवाग्राहीले सेवा सुविधाका बारे घरमै बसेर बझ्न र महानगरको अधिकार, दायित्व र कामको गतिविधिबारे प्रष्ट पार्न एप्सको भूमिका प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे । थप पढ्नुहोस्

१२ पटकसम्म किनबेच भएको एनसेलभित्र लाभकर खोतल्दै करदाता कार्यालय

भाद्र ३०, काठमाडौं । एनसेल कर विवाद एक पछि अर्को अनियमितता बाहिर आइरहेका छ । ठूला करदाता कार्यालयले एनसेल बिक्रीमा पहिलेका प्रकरण ब्युताउँदै कर निर्धारण प्रक्रिया अघि बढाएपछि थप काला कर्तुतहरु बाहिरन थालेका छन् । पछिल्लो समयको बिक्रीमा कर छलीको विषय सतहमा आएपछि अघिल्ला प्रकरण पनि कार्यालयले खोतल्न थालेको हो । हालसम्म १२ पटक किनबेच भइसकेको एनसेलमा विगतमा पनि कर छली भएको आशंका भएको छ । कर कार्यालय स्रोतका अनुसार १०औं र ११औं पटकको बिक्रीसम्बन्धी अध्ययन पूरा गरी कर छलीका सम्भावित अंकसहित निर्धारण प्रक्रिया अघि बढेको हो । थप पढ्नुहोस्

केएल टावर र ताम्राकार मोवाइल कम्प्लेक्समा मोबाइलको मेगा मेला सुरु, लक्किड्र कुपनबाट मलेसिया घुम्नेदेखि बाइक हाँक्ने मौका

२९ भदौ, काठमाडौं । काठमाडौंको चाबहिलस्थित केएल टावरमा मोबाइलको मेगा मेला सुरु भएको छ । दशैं तिहारको अबसर पारेर गरिएको मोबाइलको मेगा मेला अन्तर्गत जस्तोसुकै बिग्रिएको फोन पनि एक्सचेन्ज गरिने आयोजकले बताएका छन् । केएल मोबाइल हबमा जारी मेगा मेलामा मोबाइल खरिदकर्ताले हात खाली नजाने उपहार पाउने छन् भने मेगा बम्पर उपहार अन्तर्गत एकजनाले आइफोन ८ र एकजनाले मलेसिया र सिंगापुरको टुर लक्की ड्र मार्फत पाउने छन् । मेगा मेलाको उद्घाटन नेपाल एअरलाइन्सका क्याप्टेन तथा सिटिभी मोबाइल ग्रपका ब्राण्ड एम्बासडर बिजय लामाले गरेका थिए । थप पढ्नुहोस्

सामाजिक सञ्जालबाट बालबालिकामाथि यौन दुव्र्यवहार बढ्ने जोखिम

२८ भदौ, काठमाडौं । बढ्दै गएको सूचना र प्रविधिको प्रयोगले बालबालिकालाई यौनजन्य घटनाको शिकार बनाउँदै गएको पाइएको छ । भ्वाइस अफ चिल्डे«नले आज काठमाडौँमा आयोजना गरेको ‘सूचना, सञ्चार र प्रविधिको माध्यमबाट हुने बालयौन दुव्र्यवहार’ विषयको एक कार्यक्रममा इन्टरनेटबाट खेल खेल्ने र भाइबर, ट्वीटर, याहु, जिमेल जस्ता सामाजिक सञ्जालको प्रयोगले बालयौनजन्य घटना बढ्दै गएको बताए । थप पढ्नुहोस्

१०३ वर्ष पछि पनि विपीकै चर्चा

२४ भदौ, काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाकोे विचारलाई आत्मसात् गरेर अघि बढे मात्रै देश अघि बढ्न सक्ने बताएका छन् । एक सय तीनौँ बिपी जयन्तीका अवसरमा काँग्रेस पोखरालेखनाथ महानगरपालिका–२६ वडा समन्वय समितिको आयोजनामा आज बिपी कुञ्ज उद्यानमा भएको प्रवचन कार्यक्रममा उनले २०१५ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको प्रधानमन्त्रीत्वकालदेखि नै नेपालमा विकास निर्माणको थालनी हुन सकेको हो बताए । थप पढ्नुहोस्
1 2 3 4