दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी, ४१ जनाको ज्यान गयो, कैयौँ घाइते

१२ माघ, काठमाडौं । दक्षिण कोरियाको एक अस्पतालमा शुक्रबार भएको भीषण आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको समाचार छ । दक्षिण कोरियाको सुदुर दक्षिणी क्षेत्र मिरियाङमा अवस्थित एक सरकारी अस्पतालमा भएको सो आगलागी त्यहाँ गएको १५ वर्षपछिको सबैभन्दा खतरनाक आगलागी हो । यस आगलागीमा परी अरु कम्तीमा पनि ८० जना नराम्रारी घाइते भएका समाचारमा जनाइएको छ । तीमध्ये कतिपयको अवस्था गम्भीर रहेको छ । दक्षिण कोरियामा आगामी महिना हुन लागेको शीतकालीन ओलम्पिकमा सहभागिताका लागि हजारौँ खेलाडी तथा खेल अधिकारीहरु जम्मा हुन लागेका छन् । थप पढ्नुहोस्

राष्ट्रसङ्घका महासचिवसहित अफ्रिकी ४० भन्दा बढी मुलुकका राष्ट्रप्रमुखको भेट

११ माघ, काठमाडौं । अफ्रिकी देशहरुका ४० जना भन्दा बढी राष्ट्रप्रमुख र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससहितको सम्मेलन हुनेभएको छ । इथियोपियाका उच्च अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार ३० औं अफ्रिकी युनियन (एयु) को सम्मेलनमा उनीहरूको भेट हुनेभएको हो । अफ्रिकी देशहरूको राजनीति र सुरक्षाका विषयमा उनीहरूको छलफल केन्द्रित हुने अपेक्षा गरिएको इथियोपियाका विदेश मन्त्री वर्कनेह गेबेयेहुले सञ्चारकर्मीलाई जानकारी दिए । थप पढ्नुहोस्

रोहिङ्ग्यालाई बुधबारदेखि स्वदेश फिर्ता गरिँदै, आवश्यक कार्ययोजना निर्माणार्थ सुकीद्वारा बैठक आह्वान

१० माघ, काठमाडौं । हाल बङ्गलादेशमा रहेका म्यान्माली रोहिङ्ग्या शरणार्थीलाई स्वदेश फर्काउने विषयमा म्यानमारका विदेशमन्त्री तथा राज्य सल्लाहकार आङ सान सुकीले राखिन राज्यका अधिकारीहरुसँग छलफल गर्न लागेका छन् । उनले उनीहरुको फिर्तीका लागि उक्त राज्यले अवलम्बन गर्नुपर्ने विशेष कार्यक्रमका बारेमा सल्लाह गरेका हुन् र त्यसका लागि आवश्यक कार्ययोजना पनि पारित गर्न लागेको बताइएको छ । म्यानमार र बङ्गलादेशका अधिकारीहरुबीच राहिङ्ग्याको फिर्तीका लागि गत महिना नै सहमति भएको थियो । उक्त सहमति बमोजिम रोहिङ्ग्यालाई बुधबारदेखि स्वदेश फर्काउने कार्यक्रम रहेको छ । थप पढ्नुहोस्

उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरियामा

७ माघ, काठमाडौं । उत्तर कोरियाली सरकारी अधिकारीहरु सम्मिलित एक प्रतिनिधिमण्डल आइतबार दक्षिण कोरिया पुगेको समाचार छ । अर्को महिना दक्षिण कोरियामा आयोजना गरिएको शीतकालीन ओलम्पिक खेलकूदमा उत्तर कोरियाको सहभागिता सुनिश्चित भएकोले सो खेलमा आफ्नो सहभागिताका लागि आवश्यक तयारीको अनुगमन र निरीक्षण गर्न सो प्रतिनिधिमण्डल सोल पुगेको हो । यो स्तरको उत्तर कोरियाली सरकारी प्रतिनिधिमण्डल दक्षिण कोरिया प्रवेश गरेको चार वर्ष पछि यो पहिलो पटक भएको अधिकारीहरुले सोलबाट जानकारी दिएका छन् । थप पढ्नुहोस्

दुई कोरियाबीचको बार्ताको भारत र चीनद्वारा स्वागत

२८ पुस, काठमाडौं । दुई कोरियाका बीचमा मंगलबार उच्चस्तरीय वार्ता भएकोमा भारत र चीनले स्वागत गरेका छन् । कोरिया प्रायद्वीपमा उत्तर कोरिया र दक्षिण कोरियाका उच्च अधिकारीहरूका बीचमा भएको वार्ताले दुई कोरियाको पुनर्मिलन र एकता कायम हुने भारत र चीन दुवै देशले विश्वास व्यक्त गरेका छन् । भारतले कोरिया प्रायद्वीपको स्थिरता, शान्ति, संवृद्धि र मेलमिलापका लागि सहयोग गर्न तयार रहेको बिहीबार जनाएको छ । थप पढ्नुहोस्

ट्रम्प टावरमा आगलागी, दुई जना घाइते

२५ पुस, काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित ट्रम्प टावरको छानामा सोमबार आगलागी भएको अमेरिकी अग्नी नियन्त्रण विभागले जनाएको छ । आगो निभाउने क्रममा दुई जना सामान्य घाइते भएका विभागले बताएको छ । थप पढ्नुहोस्

उच्चस्तरीय वार्ता अगावै दुई कोरियाबीच छलफल हुँदै

२४ पुस, काठमाडौं । दक्षिण कोरिया र उत्तर कोरियाबीच तय भएको उच्चस्तरीय वार्ताका लागि दक्षिण र उत्तर कोरियाबीच पारस्परिक छलफल हुने भएको छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले सोमबार यो जानकारी दिएको छ । मङ्गलबारका लागि तय भएको सो वार्ता अगावै सम्भवतः सोमबार यो छलफल हुने भएको बताइएको छ । दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयका प्रवक्ताका अनुसार दुई कोरियाबीच हुन गइरहेको वार्तामा गरिने छलफलका विषय तय गर्नका सो पूर्वतयारी बैठकको आयोजना गरिएको हो । थप पढ्नुहोस्

राष्ट्रपति ट्रम्पको विरोधले भरिएको पुस्तक सार्वजनिक, उत्तर कोरियाली नेतासँग कुरागर्न चाहन्छु : ट्रम्प

२३ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उनको विषयमा आधारित रहेर हालैमात्र प्रकाशन गरिएको एक पुस्तकलाई काल्पनिक पुस्तक भनेका छन् । उनलाई सो पुस्तकमा अस्थिर मानिस र राष्ट्रपति पद सम्हाल्नका लागि असक्षम व्यक्ति भनेर टिप्पणी गरिएको छ । तर यसलाई उनले एउटा पुस्तक कति काल्पनिक हुन्छ भनेर सोही पुस्तकलाई हेरे हुने प्रतिक्रिया दिएका हुन् । उनले आफू राष्ट्रपति पद सम्हाल्न सक्षम रहेको भन्दै यस्ता पुस्तकहरुले लेख्दैमा मेरो चरित्रमा कुनै फरक नपर्ने र असक्षम भनी यस्ता काल्पनिक कथाहरुले लेख्दैमा नहुने प्रतिक्रिया पनि दिएका छन् । थप पढ्नुहोस्

व्याननले मानसिक सन्तुलन गुमाएको राष्ट्रपति ट्रम्पको टिप्पणी, रुससँगको सम्बन्धबारे अमेरिकी विशेष संयन्त्रको खोजी जारी

२१ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले आफू ह्वाइट हाउसबाट बाहिरिएपछि मानसिक सन्तुलन गुमाएको टिप्पणी गरेका छन् । हालै एउटा पुस्तकमा ब्याननलाई उद्धृत गर्दै राष्ट्रपति ट्रम्पका छोरा डोनल्ड जुनिअर र एउटा रुसी समूहबीच अमेरिकी राष्ट्रपति चुनावको अभियानका क्रममा भएको भेटवार्ता ’देशद्रोहपूर्ण’ र ’मुलुकविरोधी’ भएको उल्लेख गरिएको थियो । यसै बिषयलाई लिएर ब्याननको निन्दा गर्दै राष्ट्रपति ट्रम्पले जारी एक बक्तव्यमा भनिएको छ,, ” ह्वाइट हाउसबाट बर्खास्त गरिँदा उनले मानसिक सन्तुलन गुमाउका थिए । थप पढ्नुहोस्

प्योङयाङको हिउँदे ओलम्पिकबारे मागपछि दक्षिण कोरियाद्वारा वार्ता प्रस्ताव

१९ पुस, काठमाडौं । दक्षिण कोरियाले हिउँदे ओलिम्पिक्मा उत्तर कोरियाको सम्भावित सहभागिताबारे जनवरी ९ मा छलफल गर्न उच्चस्तरीय वार्ताको प्रस्ताव गरेको छ । उत्तर कोरियाका नेता किम जङ–अनले एउटा टोली हिउँदे ओलिम्पिकमा सहभागी हुन फेब्रवरीमा दक्षिण कोरियाको प्युङ्चाङ पठाउनेबारे विचार गर्दै गरेको बताएपछि यो प्रस्ताव आएको हो । किमले दुवै पक्षले तत्कालै भेटेर उत्तर कोरियाको सहभागिताबारे छलफल गर्नुपर्ने बताएका छन् । केही अगाडि दक्षिण कोरियाका राष्ट्रपतिले दुई देशबीचको तनावपूर्ण सम्बन्ध सुधार गर्न यो अवसर हुनसक्ने आफूलाई लागेको बताएका थिए । थप पढ्नुहोस्
1 2 3 4 10