नवलपरासीमा अवैध रुपमा निजी विद्यालय सञ्चालन

२२ असार, काठमाडौं । नवलपरासी जिल्लामा धैरै सङ्ख्यामा अवैध रुपमा (नियम विपरीत) निजी विद्यालय (बोर्डिङ) सञ्चालन हुँदै आएका छन् । विशेष गरी तल्लो कक्षाको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन हुँदै आएका निजी विद्यालयहरु (बोर्डिङ)को सङ्ख्या अझ बढी सङ्ख्यामा रहेको पाइन्छ । जिल्ला शिक्षा कार्यालयका अनुसार जिल्लामा ३० वटा विद्यालय अनुमति नलिई सञ्चालन भइरहेका छन् । विशेष गरी कक्षा १० सम्मको कक्षा सञ्चालन गर्नेबाहेक स–साना कक्षा सञ्चालन गर्ने विद्यालय अधिकांश मापदण्ड विपरीतका रहेका छन् । थप पढ्नुहोस्

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सराहनिय कार्य

२२ असार, काठमाडौं । सुर्पना हमाल अहिले अस्पतालको श्ययामाथि जीवनको लामो सास लिइरहेकी छन् । सातौं गर्भ बोकेकी हमालले अन्तिम बच्चा पाइन् तर पाठेघर फुटेर दुई टुक्रा भई अत्यधिक रक्तस्राव हुँदा झन्डै मृत्युको मुखमा पुगिन् । मृत्युको मुखमा पुग्नै लागेकी उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक विनोद अर्याल नेतृत्वको टोलीले पुनर्जन्म दिएको छ । ३५ वर्षीया सुर्पना हमाल तिलागुफा गाउँपालिका–३ फोइमहादेव कालीकोट जिल्लाकी हुन् । चिकित्सकले सुत्केरी हुने भनेर दिएको समयभन्दा दुई हप्तापछि आइन् उनी । थप पढ्नुहोस्

काठमाडौँ विश्वविद्यालयको बजेट रु ४ अर्ब

२१ असार, काठमाडौं । प्रधानमन्त्री तथा काठमाडौँ विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको ७६ औँ सभा बैठकले आव २०७३÷७४ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन गर्नाका साथै आगामी आव २०७४/७५ मा गर्नुपर्ने कार्यक्रम र बजेट पारित गरेको छ । विश्वविद्यालयसभा बैठकले स्वास्थ्य विज्ञान कार्यक्रमको रु दुई अर्ब ६४ करोड १३ लाख ४२ हजार र अन्य कार्यक्रमको रु एक अर्ब २७ करोड २० लाख गरी रु तीन अर्ब ९१ करोड ३३ लाख ४२ हजारको बजेट पारित गरेको हो । थप पढ्नुहोस्

विद्यार्थी सङ्ख्या घटबढ भए पनि त्रिविको प्रभाव उस्तै

१७ असार, काठमाडौं । मुलुककै अगुवा र ठूलो त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विद्यार्थी सङ्ख्यामा उतारचढाव आए पनि यसको राष्ट्रिय गरिमा र प्रभाव कायमै छ । स्थापनाको ५८ वर्ष पुगेको त्रिविमा गुणस्तर अभिवृद्धि योजना र सेमेस्टर प्रणालीको कार्यान्वयनसँगै पछिल्ला वर्षमा विद्यार्थीको सङ्ख्या र शैक्षिक गुणस्तरमा सामान्य सुधार देखिएको छ तर एक दशकअघिको तुलनामा समग्र विद्यार्थी सङ्ख्या बढ्न सकेको छैन । विसं २०७१ मा कीर्तिपुर क्याम्पसबाट सुरु भएको सेमेस्टर प्रणाली हाल काठमाडौँ उपत्यकाका क्याम्पसहरुमा लागू भएको छ । थप पढ्नुहोस्

उपत्यकाका निजी विद्यालय बन्द

१३ असार, काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट विद्यार्थी सङ्गठन अखिल(क्रान्तिकारी) ले शुल्क वृद्धि फिर्ताको सहमति कार्यान्वयन नभएको भन्दै आज काठमाडौँ उपत्यकाका निजी (संस्थागत) विद्यालयमा हड्ताल गरेको छ । हडतालका कारण ती विद्यालयमा पठनपाठन प्रभावित भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का महासचिव राजेन्द्र बानियाँले वार्ता र संवाद नगरी जानकारीबिना विद्यालय बन्द गराएकोमा चिन्ता प्रकट गर्दै यस्ता व्यवहारबाट समस्या समाधानमा सहयोग नपुग्ने बताए । थप पढ्नुहोस्

लेखापरीक्षण तथा करसम्बन्धी प्रशिक्षण सम्पन्न

९ असार, काठमाडौं । रूपन्देहीको मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसमा एक सातासम्म सञ्चालित लेखा, लेखापरीक्षण तथा करसम्बन्धी प्रशिक्षण हिजो समापन भएको छ । तालिम समापन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष रोमणीप्रसाद पाठकले चुस्त प्रशासनका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले क्याम्पसले अतिरिक्त कार्यका रूपमा प्रशिक्षण आयोजना गर्ने गरेको बताए । सो अवसरमा क्याम्पस प्रमुख मोहनराज शर्माले यहाँका विद्यार्थीलाई स्वदेशकै उन्नतिमा अभ्यस्त बनाउन व्यवहारिक र उत्प्रेरणामूलक काम क्याम्पसले सञ्चालन गरिरहेको उल्लेख गरे । थप पढ्नुहोस्

उपचार खर्चमा पत्रकारलाई २५ प्रतिशत छुट

९ असार, काठमाडौं । झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले मेची अञ्चलका पत्रकारको उपचार शुल्कमा २५ प्रतिशतसम्म छुट दिइने भएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसार्इंले अस्पतालका कर्मचारीसरह त्यहाँका पत्रकारलाई ओपिडीबाहेक अन्य उपचार खर्चमा साउन १ गतेबाट उक्त छुटको व्यवस्था गरिएको बताए । पत्रकार महासङ्घको सदस्यता लिई क्रियाशील रहेका पत्रकारलाई मात्र यो सुविधा प्रदान हुनेसमेत उनले बताए । थप पढ्नुहोस्

हालका विश्वविद्यालय केन्द्रीय, नयाँ खोल्दा प्रदेशलाई प्राथमिकता

६ असार, काठमाडौं । मुलुकका हाल सञ्चालित विभिन्न विश्वविद्यालय केन्द्रीय र नयाँ खुल्ने विश्वविद्यालय प्रादेशिक बनाउन पहल सुरु भएको छ । हाल सरकारको लगानीमा त्रिविसहित नौ विश्वविद्यालय छन् । नेपाल प्राध्यापक सङ्घले सबै प्रदेशमा केन्द्रीय विश्वविद्यालय स्थापना भइसकेको र नयाँ खुल्ने विश्वविद्यालय प्रदेश सरकारको अधिकार क्षेत्रमा पनि पार्न केन्द्र सरकारको मातहतमा नयाँ विश्वविद्यालय खुल्न आवश्यक नभएको बुँदासहित आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र दिएपछि प्रधानमन्त्रीले सो मागप्रति सरकार सकारात्मक रहेको बताए । थप पढ्नुहोस्

नेपाली भाषा साहित्यको महिना ‘असार’

२ असार, काठमाडौं । म्याग्दीको बुद्ध एकेडेमीले नेपाली भाषाको एकीकरणकर्ताका रुपमा परिचित आदिकवि भानुभक्त आचार्यको जन्म महिना असारलाई नेपाली भाषा साहित्यको महिनाका रुपमा मनाउने भएको छ । बेनी नगरपालिका–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले असार महिनाभरि विद्यालयमा नेपाली भाषा र साहित्यसम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी आदिकवि भानुभक्तको स्मरण गर्नुका साथै भानुभक्तद्वारा रचित नेपाली रामायणको वाचन गरेर भानुभक्तको जन्मजयन्ती मनाउने भएको हो । थप पढ्नुहोस्

एसइईको नतिजा आज सार्वजनिक हुने

२ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसीको रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात सेकेन्डरी एजुकेसन एक्जाम (एसइई) को नतिजा भोलि बिहान सार्वजनिक गर्ने भएको छ । एसइईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री गर्ने काम, रुजु गर्नेलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएकोे कार्यालयका परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए। बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको उनले जानकारी दिए । थप पढ्नुहोस्
1 4 5 6 7 8