जिल्ला अस्पताल उदयपुरमा चरम लापर्बाही, प्रजिअले चाले कडा कदम

१२ पुस, काठमाडौं । जिल्ला अस्पताल उदयपुरमा इमर्जेन्सी कक्षमा समेत बिरामीका लागि चिकित्सक र कर्मचारी नभएपछि जिल्ला प्रशासन कार्यालय, उदयपुरले अस्पताल प्रशासनलाई मंगलबार साँझ कडा कारबाही गर्ने कदम चालेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलका अनुसार उदयपुरको रौतामाई गाउँपालिका–४ स्थित सिटेनीपाखामा मंगलबार अपराह्न २ः३५ बजे बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो भने तीनजना सख्त घाइते भएका थिए । थप पढ्नुहोस्

आयुर्वेद अस्पतालमा स्वस्थ्य जीवन कार्यक्रम

४ पुस, काठमाडौं । लुम्बिनी अञ्चल आयुर्वेद औषधालय बुटवलमा स्वस्थ्य जीवन कार्यक्रम शुरु भएको छ । सो कार्यक्रमअन्तर्गत स्वास्थ्य परीक्षणका अतिरिक्त योग प्रशिक्षण दिइने भएको छ । स्वस्थ्य जीवन कार्यक्रम शुभारम्भमा सहभागी रुपन्देही क्षेत्र नं २ प्रदेशसभा सदस्य लीला गिरीले अञ्चल आयुर्वेद अस्पताललाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता जनाए । अर्का प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले यस क्षेत्रका बासिन्दालाई प्रत्यक्ष फाइदा दिलाउन अस्पताल सक्रिय हुनुपर्ने बताए । थप पढ्नुहोस्

प्रविधिले उपचार छिटो, छरितो र भरपर्दो बन्दै, चिकित्सक राष्ट्रिय सम्मेलन आजबाट

२९ मंसिर, काठमाडौं । नेपालमा स्वास्थ्य उपचार पद्दतिमा आधुनिक प्रविधिले जटिल रोगको उपचार छिटो, छरितो र भरपर्दो बन्दै गएको छ । नयाँ प्रविधिले नेपालमा चिरेर शल्यक्रिया गर्ने चलन विस्तारै हराएको र एउटै प्वालबाट शल्यक्रिया हुने काम अघि बढेको छ । नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा पाल्पा, तानसेनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तथा प्रा डा सिएल भट्टचनले विश्वले अवलम्बन गरेको प्रविधि नेपालको शल्य चिकित्सा क्षेत्रमा अवलम्बन गर्ने र देशका जनताले पाउने स्वास्थ्य सेवालाई निरन्तरता प्रदान गर्दै लैजाने मूल उद्देश्य रहेको बताए । थप पढ्नुहोस्

म्याग्दीमा ५० श्ययाको अस्पताल निर्माण शुरु

२७ मंसिर, काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीमा ५० श्यया क्षमताको सुविधासम्पन्न अस्पतालको भवन निर्माण कार्य शुरु भएको छ । करिब रु १९ करोड लागतमा निर्माण गर्न लागिएको बेनी अस्पतालको भवन शहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय, बागलुङले ठेक्कामार्फत काम शुरु गरेको हो । चार हजार ९६३ वर्गमिटर क्षेत्रफलमा निर्माण हुने सो भवन चार तलाको रहनेछ । थप पढ्नुहोस्

मेची अञ्चल अस्पतालका चिकित्सक क्लिनिकमुखी

१३ मंसिर, काठमाडौं । मेची अञ्चल अस्पताल भद्रपुरमा सरकारले गरेको लगानीअनुरुप नागरिकलाई सेवा दिन नसकेको स्थानीय सेवाग्राहीले दुःखेसो पोखेका छन् । अस्पतालमा कार्यरत चिकित्सक अस्पतालमुखी नभएर निजी क्लिनिकमुखी भएको र अस्पतालमा दिइने समय र सेवाभन्दा बढी निजी क्लिनिकमा दिने गरेको कारण अस्पतालको सेवामा गुणस्तर बढ्न नसकेको सहभागीले औँल्याउँदै राज्यबाट लिइने सुविधा चिकित्सकले दुरुपयोग गर्ने कारणले अस्पतालको विश्वासनीयता र मर्यादा बढ्न नसकेको स्थानीय सुदीप अधिकारीले जानकारी दिए । थप पढ्नुहोस्

१४ भेन्टिलेटर खरिद गरिँदै

२ मंसिर, काठमाडौं । स्वास्थ्य सेवा विभागले चिकित्सा विधाको अत्यन्त महँगो तथा संवेदनशील उपचारका लागि अतिआवश्यक भेन्टिलेटर एकै पटक १४ वटा खरिद गर्ने भएको छ । भेन्टिलेटर खरिद गर्न तत्कालीन स्वास्थ्यमन्त्रीद्वय खगराज अधिकारी र गगनकुमार थापाले पहल गरेका थिए । अर्थ अभावले खरिद प्रक्रिया रोकिएको थियो । “यस पटक आर्थिक विनियोजनसमेत भई भेन्टिलेटर खरिदका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन मैले स्वीकृति दिइसकेँ”, विभागका महानिर्देशक डा राजेन्द्र पन्तले जानकारी दिए । एउटा भेन्टिलेटरको करोडौँ मूल्य पर्ने बताइन्छ । थप पढ्नुहोस्

मुटुरोगको निःशुल्क उपचार प्रभावकारी बन्दै

१ मसिर, काठमाडौं । ‘‘जसले मुटुको भल्व फेर्न निःशुल्क गर्नुभयो, उहाँलाई कोटीकोटी धन्यवाद छ, हामीसँग शल्यक्रिया गर्न पैसा थिएन, निःशुल्क नभएको भए यो शल्यक्रिया हुदैन्थ्यो, उहाँले गर्दा नयाँ जीवन पाइयो ।’’ छेउमै बसिरहेकी दिदीले त्यसो भन्दै गर्दा बिरामी खेमकुमारी थामीमगर मलिन देखिन्थिन् । सानैदेखि कमजोर, राम्रै खाना खाए पनि सँधै दुब्लीभइरहने बहिनीलाई के भएको हो भन्ने थाहै नपाइ २९ वर्ष वितेको दिदीले बताइन् । रैनादेवी नगरपालिका —४ की उनलाई दुई वर्षअघि अचानक गाह्रो भएपछि बुटवलमा जाँच गराउँदा मुटुको भल्व सुकेको पत्ता लाग्यो । थप पढ्नुहोस्

प्रहरी अस्पताल सर्वसाधारणका लागि खुल्ला

२७ कात्तिक, काठमाडौं । महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले हिजो सर्वसाधारणका लागि स्वास्थ्य सेवाको शुभारम्भ गरेका हुन् । उनले संविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा ब्याख्या गरिएकाले प्रहरीले मनन् गरी आम नागरिकका लागि पनि प्रहरी अस्पताल खुल्ला गरिएको बताए । थप पढ्नुहोस्

उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक, एक विश्व विद्यालयले बढीमा ५ वटा कलेजलाई सम्बन्धन दिन सक्ने

७ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षामा सुधारको माग गर्दै १३औं पटकसम्म अनशन बस्दै आएका त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीसँग सरकारले १ कात्तिकमा गरेको १० बुँदे सहमतिमा हस्ताक्षर गरेअनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ जारी गरेको छ । नेपालको संविधान २०७२ को धारा ११४ मा अध्यादेशको व्यवस्था गरिएको र जारी अध्यादेश राष्ट्रपतिबाट अस्वीकृत भएमा या संघीय संसद्को दुवै सदनमा पेस भएर ६० दिनभित्र अस्वीकृत भएमा स्वतः निष्क्रिय हुने व्यवस्था छ । थप पढ्नुहोस्

बेनी अस्पतालको सेवा विस्तार भएसँगै स्वास्थ्य सेवा लिनको संख्या बढ्यो

२९ असोज, काठमाडौं । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ । जिल्लामै शल्यक्रियासहितको प्रसूति सेवा, डिजिटल एक्सरे सेवा, जटिल प्रकारका शल्यक्रिया, डेन्टल र अस्पतालको आफ्नो फार्मेसी सेवा सञ्चालनमा आएपछि अस्पतालमा बिरामीको भीड बढ्नुका साथै सेवा प्रवाह प्रभावकारी बनेको हो । निक साइमन्स इस्टिच्युटको सहयोगमा शल्यक्रियासहितको प्रसूति सेवा जिल्ला अस्पतालमै सञ्चालन गरेपछि हालसम्म १७४ जनाको सफल शल्यक्रिया गरिएको अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा धीरेन्द्रकुमार मल्लले बताए । थप पढ्नुहोस्
1 2 3 4 5