दक्षिण सुडानमा जातीय झडपमा ४० जनाको मृत्यु


Share This


नेपालबहस संवाददाता    33 Views

१३ मङसिर, काठमाडौं । दक्षिण सुडानको पूर्वी राज्य जोङलाईको ग्रामिण वस्तीमा विगत २४ घण्टाको अन्तरालमा भएको सशस्त्र भीडन्तमा परी कम्तीमा ४० जनाको मृत्यु भएको त्यहाँको स्थानीय प्रहरीले जनाएको छ ।

जोङलाईको सूचना मन्त्रालयले अन्तराष्ट्रिय समाचार संस्थालाई फोनमार्फत दिएको जनाकारी अनुसार छिमेकी बोमा राज्यबाट आएका विश्वास गरिएका केही बन्दूकधारी लडाकूले डुक जिल्लामा रहेका दुई गाउँमा आक्रमण गरी ४० जनाभन्दा बढीको ज्यान लिएका छन् ।

उक्त समूहले ती गाउँबाट दर्जनौको सङ्ख्यामा बालबालिका तथा महिलालाई अपहरण गरी लगेका बताइएको छ । सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार