सिद्धार्थ फाउन्डेसनद्वारा नेपाल कुष्टरोग निवारण संघलाई आर्थिक सहयोग, एकै साथ ६ नयाँ शाखा


Share This


नेपालबहस संवाददाता    43 Views

१५ माघ, काठमाडौं । सिद्धार्थ बैंकद्वारा प्रबद्र्धित सिद्धार्थ फाउन्डेसनले खोकना आरोग्य आश्रमका कुष्टरोगीहरुको प्रयोगार्थ तीनवटा पानी टंकी जडान गर्न रु. ६७,०००/– बराबरको आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकम एक समारोहका बीच  २०७४/१०/१२ गते बैंकका नायव महाप्रबन्धक श्री रामेश्वर प्रसाद बस्यालले नेपाल कुष्टरोग निवारण संघका अध्यक्ष्य श्री सूर्य प्रसाद श्रेष्ठलाई  हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका नायव महाप्रबन्धक श्री रामेश्वर प्रसाद बस्यालले आगामी दिनहरुमा पनि सिद्धार्थ फाउन्डेसनले यस्तै प्रकारका विभिन्न कार्यहरुमा सहभागिता जनाउँदैजाने जानकारी गराए ।

सिद्धार्थ बैंकको एकै साथ ६ नयाँ शाखा

बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा यस बैंकले २०७४ माघ ११ गते बिहीबार संखुवाशभाको मकालु गाउँपालिका, रामेछापको गोकुलगंगा गाउँपालिका, सिन्धुलीको गोलन्जर गाउँपालिका, बाराको आदर्श कोटवाल गाउँपालिका, बाजुराको बुढीगंगा नगरपालिका र पर्साको बहुदुरमाई नगरपालिकामा एकै साथ ६ वटा शाखा सञ्चालनमा ल्याएको छ ।

यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । त्यस्तै यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नुहुनेछ । साथै यी शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमा नै बैंकिङ्ग पुहँच नपुगेका अन्य ४ गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ ।

हालै सञ्चालनमा आएका शाखाहरु सहित बैंकले देशभर ३ एक्स्टेन्सन् काउन्टर, ९२ वटा शाखा, १०५ ब्त्ः, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को पौष मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८५ अर्ब ५७ करोड र कर्जा लगानी रु. ७६ अर्ब ९५ करोड गरेको छ  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार