एमालेबाट समानुपातिक निर्वाचन प्रणालीको प्रतिनिधिसभा सदस्य उम्मेदवार नाम छनोट, संसदीय दलको नेतामा गुरुङ


Share This


नेपालबहस संवाददाता    11 Views

२८ माघ, काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटीको बैठकले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नाम छनोट गरेको छ ।

केपी शर्मा ओलीको अध्यक्षतामा आज बसेको बैठकले पार्टीले प्राप्त गरेको सिट संख्याअनुसार समावेशी समूह मिलाई ४१ जना प्रतिनिधिसभा सदस्यको उम्मेदवार छनोट गरेको गरी उक्त नामावली आजै निर्वाचन आयोगसमक्ष पेश गरिएको बैठकपछि पार्टीका सचिव प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका सदस्यहरुमा मुकुन्द न्यौपाने (खसआर्य÷पुरुष), विजय सुब्बा (आदिवासी जनजाति÷पुरुष), मोहन बानियाँ (पिछडिएको क्षेत्र÷पुरुष), मोतीलाल दुगड (मधेशी÷पुरुष), थममाया थापा (आदिवासी जनजाति÷महिला) रहेका छन् ।

त्यसैगरी, डा शिवमाया तुम्बाहाम्फे (आदिवासी जनजाति÷महिला), सुजिता शाक्य (आदिवासी जनजाति÷महिला), रामकुमारी झाँक्री (आदिवासी जनजाति÷महिला), बिना श्रेष्ठ (आदिवासी, जनजाति÷महिला), तुल्सी थापा (आदिवासी जनजाति÷महिला), नविना लामा (आदिवासी जनजाति÷महिला), शान्तिमाया तामाङ पाख्रिन (आदिवासी जनजाति÷महिला), कुमारी मेचे .(आदिवासी जनजाति÷महिला) रहेका छन् ।

त्यस्तै, बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति÷महिला), राधाकुमारी ज्ञवाली (खसआर्य÷महिला), बिन्दा पाण्डे (खस आर्य÷महिला), गोमा देवकोटा (खस आर्य÷महिला), कल्याणीकुमारी खड्का (खसआर्य÷महिला), निरुदेवी पाल (खस आर्य÷महिला), मनकुमारी जिसी (खस आर्य÷महिला), मायादेवी न्यौपाने (खस आर्य÷महिला), विष्णु शर्मा (खस आर्य÷महिला), सरिता न्यौपाने (खस आर्य÷महिला), मैनाकुमारी भण्डारी (खस आर्य÷महिला), तीर्था गौतम (खस आर्य÷महिला), शान्ता चौधरी (थारु÷महिला), लक्ष्मीकुमारी चौधरी (थारु÷महिला), गंगा चौधरी (सत्गौवा) (थारु÷महिला) रहेका छन् ।

त्यसैगरी निरादेवी जैरु (दलित÷महिला), विमला विश्वकर्मा (दलित÷महिला), विमला विक (दलित÷महिला), पार्वतीकुमारी विसुंखे (दलित÷महिला), सानु शिवा (दलित÷महिला), आशाकुमारी विक (दलित÷महिला), जुलीकुमारी महतो (मधेशी÷महिला), डा पुष्पाकुमारी कर्ण कायस्थ (मधेशी÷महिला), सरलाकुमारी यादव (मधेशी÷महिला), रेखाकुमारी झा (मधेशी÷महिला), सरिताकुमारी गिरी (मधेशी÷महिला), कालिला खान (मुस्लिम÷महिला) र समिना हुसेन (मुस्लिम÷महिला) रहेका छन् ।

संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ

प्रदेश नं ४ मा नेकपा (एमाले)को संसदीय दलको नेतामा पृथ्वीसुब्बा गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

संसदीय दलको नेताका लागि एमालेको केन्द्रीय सचिवसमेत रहेका पृथ्वीसुब्बा गुरुङ र पार्टीको प्रदेश नं ४ का संयोजक किरण गुरुङ इच्छुक देखिएपछि सर्वसम्मतिका लागि पहल गरिएको थियो ।

सर्वसम्मति गर्न आज शान्ति वनबाटिकास्थित नेकपा (एमाले)को जिल्ला कार्यालयमा पार्टीका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष सोमनाथ अधिकारी प्यासी, प्रतिनिधिसभा सदस्यहरू रवीन्द्र अधिकारी, खगराज अधिकारीलगायत नेतासहित प्रदेशसभा सदस्य सहभागी बैठकले पृथ्वीसुब्बालाई सर्वसम्मत गरेको हो ।

संसदीय दलको नेतामा सर्वसम्मत भएपछि नेता गुरुङले पार्टीका नेताको सहजता एवं प्रदेश नं ४ का संयोजक प्रदेशसभा सांसद किरण गुरुङको प्रस्तावमा आफू सर्वसम्मत निर्वाचित भएको बताए ।

वाम गठबन्धनको अर्को दलले पनि संसदीय दलको नेता चुनिसकेको बताउँदै उनले दुवै दलको संसदीय दलको नेता चुनिएको कुरा प्रदेश प्रमुखलाई जानकारी गराउँदै हाम्रो बहुमत संख्या छ भनी मुख्यमन्त्रीको दाबी गर्ने बताए ।

प्रदेशसभा सदस्य किरण गुरुङले पार्टीको बृहत् एकता र यो प्रदेशको संयोजक एवं अभिभावकको हैसियले आफ्नै पहलमा सर्वसम्मत गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार